ट्रक र कन्टेनर एकापसमा ठोक्किँदा चालकको मृत्यु
मेरोन्यूज
२०८२ फागुन २९ गते १३:०१

मकवानपुर। हेटौँडा नारायणगढ सडकअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा ट्रक र कन्टेनर एकापसमा ठोक्किँदा कन्टेनरका चालकको मृत्यु भएको छ ।
चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना४ख ९९२३ नं को कन्टेनर र हेटौँडाबाट चितवन जाँदै गरेको बाप्र ०३–००१ ख ०३९८ नं को ट्रक आज एकापसमा ठोक्किएका थिए । घाइते भएका कन्टेनरका चालक चालक सर्लाहीको बरहथवा नगरपालिका–१५ पिपराभिट्टाका ३८ वर्षीय गोविन्द चौधरीलाई स्थानीयले उद्धार गरी हेटौँडाको सिएमसि चुरेहिल अस्पताल पुर्याएका थिए । चिकित्सकले उनलाई तत्कालै मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीले ट्रक चालक चितवनको खैरहनी नगरपालिका–९ का ४२ वर्षीय धनेस्वर चौधरीलाई नियन्त्रणमा लिएको छ ।
सम्बन्धित


















सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास
अमेरिकी सहायक विदेशमन्त्री कपुर र परराष्ट्रमन्त्री खनालबीच भेटवार्ता
कञ्चनपुरमा चक्कु प्रहार गरी युवकको हत्या
विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी
नेपाल लाइफको बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा १०० प्रतिशत छुट
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
प्रतिक्रिया