बुधबार, वैशाख २, २०८३

ओलीलाई बालेनको समवेदना- पिताको अनुपस्थितिले कति रित्तोपन ल्याउँछ, मलाई महसूस छ

मेरोन्यूज २०८२ फागुन २९ गते २१:०५

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति समवेदना प्रकट गरेका छन् ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

पूर्वप्रधानमन्त्री समेत रहेका ओली शुक्रबार पितृशोकमा परेका छन् । ओलीलाई समवेदना प्रकट गर्दै उनले भनेका छन्, ‘पिताजस्तो रक्षक कोही छैन, पिताजस्तो गुरु कोही छैन, पिताजस्तो देवता पनि कोही छैन ।’

केही समयअघिमात्रै आफूले पिता गुमाएको स्मरण गर्दै उनले पिताको अनुपस्थितिबाट जिन्दगीमा कतिसम्म रित्तोपन ल्याउँछ भन्ने आफूले महसुस गरेको बताए ।

‘केही समय अघि मात्रै पिता गुमाएकाले मलाई महसुस छ—पिताको अनुपस्थितिले जिन्दगीमा कति रित्तोपन ल्याउँछ, कस्तो अपूरणीय अभाव ल्याउँछ,’ बालेनले लेखेका छन् ।

प्रतिक्रिया