बुधबार, वैशाख २, २०८३

गगनलाई सभापति पदबाट राजीनामा नदिन ३५ नेताको सुझाव

मेरोन्यूज २०८२ फागुन ३० गते १४:२५

नेपाली कांग्रेस केन्द्रीय समितिका ३५ नेताले आज सभापति गगनकुमार थापालाई भेटेर पदबाट राजीनामा नदिन आग्रह गरेका छन्।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’को नेतृत्वमा सभापति थापाकहाँ गएका नेताहरूले उनलाई अहिले पार्टी प्रमुखको जिम्मेवारीबाट नबाहिरिन अनुरोध गरेका हुन्।आफूहरूले थापालाई मुलुक, संविधान र पार्टीमाथि चुनौती देखिएका कारण राजीनामा नदिन आग्रह गरेको रसाइलीले जानकारी दिए ।

‘यस्तो बेलामा पार्टीलाई पनि निकास दिन र १५ औं महाधिवेशन गर्न तपाईंको नेतृत्व जरूरी छ । राजीनामा नदिनुस् भन्यौ,’ उनले भने ।

निर्वाचनमा हारजित स्वाभाविक भएको र मतदाताले झुक्किएर मत र मन परिवर्तन गर्नुलाई अन्यथा लिन नहुने उनीहरूको भनाइ छ ।

‘संसदीय व्यवस्थामा निर्वाचनमा हारजित भइहाल्न्छ । मतदाताले कहिलेकाहीँ झुक्केर पनि मन र मत परिवर्तन गर्छन् । त्यसलाई अन्यथा लिनु हुँदैन भन्यौं,’ सहमहामन्त्री रसाइलीले भने ।

सभापति थापालाई भेट्न जनकराज गिरी, मधु आचार्य, अजयबाबु शिवाकोटी, प्रमोद गुरागाईं, प्रदीप शर्मा, गंगा सुनार, विष्णु पाण्डे, सीता मिजारसहित केन्द्रीय समितिका करिब ३५ नेता पुगिएको उनले बताए।

यही फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा आफू अनि पार्टीले लज्जास्पद हार बेहोरेको भन्दै थापा सभापति पदमा राजीनामा दिने मुडमा पुगेपछि नेताहरूले उनलाई यसो नगर्न दबाब दिइरहेका छन्। 

केही दिनअघि उपसभापति विश्वप्रकाश शर्माले पनि सभापति थापालाई अहिले पदबाट राजीनामा नदिन सुझाव दिएका थिए। 

प्रतिक्रिया