सोमबार, चैत २, २०८२

पूर्वराष्ट्रपति भण्डारीद्वारा अध्यक्ष ओलीलाई समवेदना

मेरोन्यूज २०८२ चैत १ गते १७:५९

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर उहाँका पिता मोहनप्रसाद ओलीको निधनप्रति समवेदना दिएकी छन् ।

Advertisement
nepal life insurencenepal life insurence

पूर्वराष्ट्रपति भण्डारीले आज भक्तपुरको गुण्डुस्थित अध्यक्ष ओली निवास पुगेर दिवङ्गत पिता ओलीप्रति श्रद्धाञ्जली दिँदै परिवारमा समवेदना व्यक्त गरेकी हुन् ।

अध्यक्ष ओलीका पिता मोहनप्रसादको गत फागुन २९ गते ९७ वर्षको उमेरमा निधन भएको हो ।

प्रतिक्रिया