उप्रेतीको अध्यक्षतामा नाडाको २९ सदस्यीय नयाँ केन्द्रीय कार्य समिति गठन

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको २९ सदस्यीय नयाँ केन्द्रीय कार्य समिति गठन गरिएको छ । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको अध्यक्षतामा बसेको दोस्रो केन्द्रीय कार्य समितिले केन्द्रीय कार्य समितिको सदस्य पदमा निर्वाचित सदस्यहरू मध्येबाट पदाधिकारीहरूको निर्वाचन कार्य सम्पन्न गरी केन्द्रीय कार्य समितिको गठनलाई पूर्णता प्रदान गरिएको हो ।
नाडाको केन्द्रीय कार्य समितिका पदाधिकारीहरूमा अध्यक्ष उप्रेतीसहित निवर्तमान अध्यक्ष करणकुमार चौधरी, संस्थागत उपाध्यक्ष भद्र भण्डारी, संस्थागत उपाध्यक्ष गणेशप्रसाद भट्टराई, उपाध्यक्ष विक्रम सिंहानिया, उपाध्यक्ष अभिक ज्योति, महासचिव मिलनबाबु मल्ल, सचिव मेघराज पौड्याल, कोषाध्यक्ष पंंकज अग्रवाल, सह कोषाध्यक्ष निलमणी पाठक रहेका छन् ।
त्यस्तै, संस्थागत सदस्यहरू मध्येबाट प्रदेश सदस्यमा डिल्लीराम आचार्य, केदारकुमार अग्रवाल, दामोदर अटल, दीपेन्द्र कोइराला, पुष्कर ओझा रहेका छन् । साधारण सदस्यहरू मध्येबाट अनुपकुमार बराल, तोयानाथ खनाल, दीपकराज गिरी, दीपेन्द्रकुमार मिश्र, दिवाकर मिश्र, नवराज भुसाल, नवीनकुमार पारख, नारायणप्रसाद पौडेल, प्रकाश कपुरी, विकाश जोशी, विमल साह रहेका छन् ।
अध्यक्षबाट मनोनीत सदस्यहरूमा दीपककुमार अग्रवाल, महेश पाल र राजेशप्रसाद गिरी रहेका छन् ।


















कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
वर्षाका कारण नेपाल र यूएईबीचको खेल अवरुद्ध
स्वास्थ्यमन्त्री मेहतासँग र एडिबीका देशीय निर्देशकको शिष्टाचार भेट
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
प्रतिक्रिया