बिहीबार, वैशाख ३, २०८३

सार्वजनिक लेखा समितिको सभापतिमा कांग्रेसका खड्काको उम्मेदवारी

मेरोन्यूज २०८३ वैशाख ३ गते १७:५९

काठमाडौँ । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सभापतिमा नेपाली कांग्रेसका भरत खड्काले उम्मेदवारी दिएका छन् ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

पार्टीको निर्णयअनुसार आफूले उम्मेदवारी दिएको उनले बताए । नेता खड्काले यो महत्त्वपूर्ण जिम्मेवारीप्रति पूर्ण रूपमा प्रतिबद्ध रहँदै पारदर्शिता, जवाफदेहिता र सुशासनलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

“सार्वजनिक लेखा समितिलाई प्रभावकारी, निष्पक्ष र जनमुखी बनाउँदै राज्यको स्रोतसाधनको सदुपयोग सुनिश्चित गर्न आफ्नो कर्तव्य इमान्दारीपूर्वक निर्वाह गर्नेछु”, उनले भने।

प्रतिक्रिया