स्वदेश फर्किँदै गरेका १७ अमेरिकी नागरिकमध्ये एकमा हन्ता भाइरस सङ्क्रमण पुष्टि

हन्ता भाइरसबाट प्रभावित क्रुज जहाजबाट स्वदेश फर्किन लागेका १७ अमेरिकी नागरिकमध्ये एक जनामा भाइरसको हल्का सङ्क्रमण देखिएको छ।
स्वास्थ्य तथा मानव सेवा मन्त्रालयले भनेको छ, “एक यात्रुमा हाल हल्का लक्षणहरू भेटिएका छन् र अर्को यात्रुमा एन्डिज भाइरसको हल्का सङ्क्रमण पुष्टि गरिएको छ।”
“सावधानीका लागि दुवै यात्रु अहिले विमानको ‘बायोकन्टेनमेन्ट युनिट’मा यात्रा गरिरहेका छन्,” विज्ञप्तिमा भनिएको छ।
स्पेनको क्यानरी टापुबाट उद्धार गरिएका अमेरिकी यात्रुहरूलाई ग्रामीण राज्य नेब्रास्काको विशेष केन्द्रमा लगिनेछ। सामान्य लक्षण देखिएका व्यक्तिलाई दोस्रो सेन्टरमा लगिनेछ ।
आगमन पछि ‘प्रत्येक व्यक्तिको क्लिनिकल मूल्याङ्कन हुनेछ र उनीहरूको अवस्थाको आधारमा उचित हेरचाह र सहयोग प्रदान गरिनेछ ।
अर्जेन्टिनाबाट छुटेको ‘एमभी होन्डियस’ जहाजमा हन्ता भाइरस सङ्क्रमित तीन यात्रुहरूको मृत्यु भएको थियो भने अन्य केही व्यक्तिमा दुर्लभ यस रोगको भाइरस फेला परेको थियो । यो सामान्यतया मुसाहरूबाट सर्ने भाइरस हो ।
















स्वदेश फर्किँदै गरेका १७ अमेरिकी नागरिकमध्ये एकमा हन्ता भाइरस सङ्क्रमण पुष्टि
धौलागिरि हिमाल आरोहण वापत एक करोड ३४ लाख सलामी दस्तुर
बजेट अभावमा रोकियो गैँडा गणना
Cabinet meet endorses President’s address to parliament’s joint sitting
ट्रम्पले गरे इरानको प्रस्ताव अस्वीकार : फेरि मडारियो युद्धको बादल
टर्किस एयरको जहाज रनवेबाट हटाएपछि त्रिभुवन विमानस्थल सुचारु
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
टर्किस एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड गर्ने क्रममा चक्कामा आगो
यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य
प्रतिक्रिया