नेपालमा खोप चिस्याउने प्रणाली सशक्त पार्न जापानको सहयोग

काठमाडौँ । नेपालमा खोप चिस्याउने प्रणाली सशक्त पार्न जापान सरकारले राष्ट्र संघीय बाल कोष, युनिसेफमार्फत विभिन्न सामाग्री प्रदान गरेको छ । सहयोगअन्तर्गत जापानले उच्च गुणस्तरको खोप सामाग्री प्रदान गरेको हो ।
जापानले ९ ओटा वाक–इन–कुलर्स, ३८ ओटा सौय उर्जामा चल्ने फ्रिज, एक हजार १०९ ओटा लामो दूरीमा खोप बोक्ने सामग्री र ५३ ओटा चिस्याउने बाकस (कोल्ड बक्स) प्रदान गरेको हो ।
खोप सामग्रीका लागि जापानले गत वर्षदेखि निरन्तर नेपालभर सहयोग प्रदान गर्दै आएको छ । ‘नेपालले अहिले नयाँ भेरियन्टसहित कोभिडको तेस्रो लहर सामन गरिरहेको छ, जसका कारण खोप अभियान सरकारको उच्च प्राथमिकतामा परेको छ,’ नेपालका लागि जापानका दूत किकयुता युताकाले भने ।
खोप अभियानमा खोपको उचित भन्डार महत्वपूर्ण भएको र जापानको सहयोगको उदेश्य पनि भन्डारणको क्षमता बृद्धि र देशभर खोप वितरण गर्नु रहेको उनले बताए । जापानले प्रदान गरेको वाक–इन–कुलर ढुवानी योग्य भएको र तुलनात्मक रुपमा सस्तोमा चाँडै राख्न सकिने उनले बताए ।
त्यस्तै, सौर्य उर्जामा चल्ने फ्रिज विभिन्न क्षेत्रमा भन्डारणमा देखिएको समस्यासँग जुध्न सहयोग पुग्ने पनि उनले विश्वास गरे । जापानले निरन्तर रुपमा नेपाललाई वृहत सहयोग गर्दै आएको छ । नेपालमा कोभिडविरुद्ध पहल मजबुत पार्न जापानले अहिलेसम्म खोप, एम्बुलेन्स, मेडिकल तथा चिस्याउने उपकरणलगायतका सामाग्री अनुदान दिएको छ ।

















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
शर्माको नेतृत्वमा एनआरएनकाे नयाँ कार्यसमिति आज घोषणा हुँदै
प्रतिक्रिया