कालीकोटमा दश वर्षभित्र आठ हजार जना थपिए
काठमाडौँ । दश वर्षमा कालीकोटको जनसंख्या करिब आठ हजारले वृद्धि भएको छ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार जिल्लाको जनसंख्या एक लाख ४४ हजार ९१७ रहेको छ ।
यसअघि २०६८ सालमा एक लाख ३६ हजार ९४८ थियो । जिल्लाको वार्षिक जनसंख्या वृद्धिद्धर ०.५४ प्रतिशत छ । नतिजाअनुसार जिल्लाका नौवटा स्थानीय तहमध्ये सबैभन्दा कम नरहरिनाथ गाउँपालिकाको जनसंख्यामा रहेको छ ।
गाउँपालिकामा २०६८ सालमा २४ हजार १४२ जनसंख्या रहेकामा अहिले २२ हजार ४१४ देखिएको छ । जिल्लाको खाँडाचक्र नगरपालिका भने जनसंख्या वृद्धि भएको छ । २०६८ सालमा २० हजार ६१८ जनसंख्या रहेको सो नगरपालिकामा अहिले झन्डै तीन हजार वृद्धि भएर २३ हजार ३३६ पुगेको छ ।
नतिजा अनुसार शुभकालिकामा १३ हजार ९००, महावैमा आठ हजार ३३४, पचालझरनमा १३ हजार ६८३, पलाँतमा १७ हजार ६५८, सान्नी त्रिवेणी गाउँपालिकामा १२ हजार ८६४, रास्कोट र तिलागुफा नगरपालिकामा क्रमशः १६ हजार ४६९ र १६ हजार २५९ जनसंख्या रहेको छ ।

















एन्फाले स्थगित गर्याे राष्ट्रिय लिग
रवि लामिछानेकाे मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न आदेश
नयाँ सांसदहरूको शपथ चैत १२ गते
निर्वाचनले लोकतान्त्रिक अभ्यासलाई सफल बनाएको छ : प्रधानमन्त्री कार्की
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
प्रतिक्रिया