सोमबार, पुष १४, २०८२

एमाले हुम्लाको अधिवेशन फेरि स्थगित

मेरोन्यूज २०७८ माघ १९ गते ८:५५

सिमकोट । एमाले हुम्लाको जिल्ला अधिवेशन फेरि स्थगित भएको छ । २३ माघका लागि तय भएको नवौँ जिल्ला अधिवेशन फेरि स्थगित भएको हो । एमाले हुम्लाका कार्यवहाक अध्यक्ष ज्ञामी बुमीले कोरोना भाइरसको संक्रमण भएपछि अधिवेशन स्थगित गरिएको एमालेले जनाएको छ । अव स्थगित जिल्ला अधिवेशन कहिले भन्ने केही खुलाइएको छैन । जसकाकारण जिल्ला अधिवेशन अनिश्चित बनेको छ ।

एमाले केन्द्रीय कार्यालयले यसअघि ३ माघमा निर्देशन जारी गर्दै २३ माघका लागि अधिवेशन तय गरेको थियो । सरकारले पनि सभा सम्मेलन नगर्न निर्देशन दिइसकेको छ ।

प्रतिक्रिया