पत्रकारको स्वास्थ्य बिमासम्बन्धी मापदण्ड तय गर्न समिति गठन

जनकपुर । मधेस प्रदेशअन्तर्गतको आमसञ्चार प्राधिकरणले पत्रकारको स्वास्थ्य बिमासम्बन्धी मापदण्ड निर्धारण गर्न समिति गठन गरेको छ । प्राधिकरणले पत्रकारको स्वास्थ्य बिमा गर्ने सम्बन्धमा सरोकारवालासँग छलफल गरी १९ सदस्यीय मापदण्ड निर्धारण समिति गठन गरेको हो ।
समितिको सदस्यमा नेपाल पत्रकार महासङ्घ मधेस प्रदेश समितिका अध्यक्ष, प्रदेशका आठवटै जिल्लाका पत्रकार महासङ्घ शाखाका अध्यक्ष वा प्रतिनिधि, सामुदायिक रेडियो प्रसारक सङ्घ, व्यावसायिक रेडियो, टेलिभिजनका प्रतिनिधि, आमसञ्चार प्राधिकरणका प्रशासकीय अधिकृत, मिडिया काउन्सिलका प्रशासकीय अधिकृत र दुई वरिष्ठ पत्रकारलाई राखिएको आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले जानकारी दिए ।
यस्तै सो समितिमा आमसञ्चार प्राधिकरणका अध्यक्ष यादव र मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराईलाई आमन्त्रित सदस्यका रूपमा राखिएको जनाएको छ । आमसञ्चार प्राधिकरणले प्रदेशभरिका पत्रकारका लागि रु सात लाखको स्वास्थ्य बिमा गराउने तयारी गरेको छ । प्राधिकरणका अध्यक्ष यादवका अनुसार उक्त बिमामा स्वास्थ्यका साथै पत्रकारको दुर्घटना बिमा पनि समावेश गरिने छ ।
पत्रकार अस्वस्थ्य भएमा या दुर्घटनामा परेमा रु एक लाखसम्मको खर्च बिमाबाट व्यहोरिने र पत्रकार अशक्त भएमा या मृत्यु भएमा रु सात लाख प्रदान गरिने गरी बिमा गर्न लागिएको अध्यक्ष यादवले बताए ।
















तनहुँ जलविद्युत् आयोजनामा ७५ प्रतिशत प्रगति
बाँकेमा जेन्जी आन्दोलनका सहिदको सम्मानमा सालिक अनावरण
दोहामा बृद्धजयन्ती मनाइयो
सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर
पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया