बिहीबार, पुष १०, २०८२

असारपछि मात्र तेलको भाउ १६ रुपैयाँले बढ्यो,अब गाडी चलाउन सकिँदैनः व्यवसायी

मेरोन्यूज २०७८ माघ १९ गते १२:४८

काठमाडौं । नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागु हुने गरी डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएकोमा यातायात व्यवसायीहरूले भने यसरी मूल्य बढिरहे आफूहरूले गाडी चलाउन नसक्ने बताएका छन्।


यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला सरकारले तेलको भाउ पटक-पटक बढाइरहँदा व्यवसायी खर्च धान्न नसक्ने अवस्थामा पुगेको बताउँछन्।

पेट्रोल प्रतिलिटर एक सय ४२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल प्रतिलिटर एक सय २५ रुपैयाँ कायम छ।

उनलेभने, ‘असारमा भाडा समायोजन भएपछि नै तेलको भाउ १६ रुपैयाँले बढिसकेको छ। तर हामीले त्यही भाडामा यात्रु ओसारिरहेका छौँ। यो त अत्याचार भयो । ’


प्रति महिना ४.५ अर्बदेखि ५ अर्ब ऋण लिनुपर्ने बाध्यात्मक अवस्था बनेको निगमले जनाएको छ।

प्रतिक्रिया