प्रधानमन्त्री देउवाले दुई-तीन दिनभित्रै निजी सचिवालयलाई पूर्णता दिँदै , को को छन् चर्चामा ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सात महिनापछि निजी सचिवालयलाई पूर्णता दिने गरी गृहकार्य सुरु गरेका छन् । अहिलेसम्म औपचारिक रूपमा प्रधानमन्त्रीको निजी सचिवालय गठन भइसकेको छैन ।
प्रधानमन्त्री देउवाले अहिलेसम्म स्वकीय सचिवमा भानु देउवा, कानुनतर्फ केशवराज जोशी, जनसम्पर्कतर्फ जनार्दन नेपाललाई मात्र औपचारिक रूपमा नियुक्त गरेका थिए । सोमबार प्रधानमन्त्री देउवाको सूचना, प्रविधि एवं सञ्चार विज्ञमा इन्जिनियर दिपेश विष्ट नियुक्त भएका छन् । यस्तै, प्रधानमन्त्री देउवाको भाषण, मन्तव्य तथा वक्तव्य विज्ञमा किरण गजुरेल नियुक्त भएका छन् । देउवाले मंगलबार नुवाकोटका गजुरेललाई ‘भाषण, मन्तव्य तथा वक्तव्य विज्ञ’ नियुक्त गरेका हुन्।
अझै प्रमुख राजनीतिक सल्लाहकार, परराष्ट्र सल्लाहकार, प्रेस सल्लाहकार नियुक्त हुन बाँकी छ । प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचनको मिति तोकेपनि निर्वाचन आचारसंहिता लाग्ने भएकाले त्यसअघि नै निजी सचिवालयलाई पूर्णता दिन लागेको बुझिएको छ । प्रधानमन्त्री देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच आगामी ४ जेठमा स्थानीय तहको निर्वाचन गर्नेभए पनि अब बस्ने मन्त्रिपरिषद् बैठकले स्थानीय तहको निर्वाचनको मिति तोक्ने भएको छ ।
परराष्ट्र सल्लाहकारमा डा।दिनेश भट्टराई नै पुनः दोहोरिने भएका छन् । उनी यसअघि सुशील कोइराला र देउवाको परराष्ट्र सल्लाहकार भइसकेका छन् । पत्रकार गेजा शर्मा वाग्लेले पनि परराष्ट्र सल्लाहकार बन्ने इच्छा व्यक्त गरेका छन् ।
सबैभन्दा बढी चासो भने प्रधानमन्त्रीको प्रेस सल्लाहकार को बन्छ भन्ने देखिएको छ । अहिले प्रधानमन्त्रीको प्रेसको काम पत्रकार गोविन्द परियारले गर्दै आएका छन् । अघिल्लोपटक परियार देउवाको सञ्चार विज्ञ नियुक्त भएका थिए । यसपटक उनले प्रेस सल्लाहकार बन्ने इच्छा राखेका छन् ।
प्रेस सल्लाहकारमा प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलको पनि चर्चा छ । यसपटक देउवा सिग्देललाई कुनै न कुनै भूमिका दिने मनस्थितिमा छन् ।
प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा डा.प्रकाशशरण महत एनपी साउद र रमेश लेखकको चर्चा छ ।
















रास्वपाद्वारा थवाङ जीप दुर्घटनामा परी ज्यान गुमाएका प्रति दुःख व्यक्त
भन्सार जाँच कडाइले वीरगञ्जमा बढ्यो चहलपहल
रुस र इरानबीच क्षेत्रीय शान्तिबारे उच्चस्तरीय वार्ता
अमेरिकाद्वारा क्युबामाथि थप कडा आर्थिक प्रतिबन्ध लगाउन नयाँ कार्यकारी आदेश जारी
Lebanon says 13 killed in Israeli strikes in south
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
ओमानसँग नेपाल १०२ रनले पराजित
प्रतिक्रिया