नेपाल टेलिकमद्वारा अन्तरआबद्धता शुल्क जारी

काठमाडौं । नेपाल टेलिकमले कुनै पनि दूरसञ्चार सेवा प्रदायकका ग्राहकले अर्को दूरसञ्चार सेवा प्रदायकको नेटवर्कमा रहेका ग्राहकलाई टेलिफोन तथा एसएमएस गर्दा लागु हुने “अन्तरआबद्धता शुल्क” जारी गरेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणबाट जारी गरिएको अन्तरआबद्धता निर्देशिका अन्तर्गत अन्तर्देशीय अन्तरआबद्धतामा उल्लेख गरिएको प्रावधान अनुसार नेपाल टेलिकमले मंगलबारदेखि अन्तरआबद्धता शुल्क लागू गरेको हो ।
नेपाल टेलिकमका ग्राहकवर्गले अर्को सेवा प्रदायकको नेटवर्कमा रहेका ग्राहकलाई भ्वाइस कल गर्दा लागू गर्नुपर्ने महशुलदर स्वीकृतिका लागि टेलिकमले दूरसञ्चार प्राधिकरणमा पठाएको थियो ।
दूरसञ्चार प्राधिकरणको माघ १६ र १८ गतेको निर्णयाअनुसार परिमार्जित महशुल दर निर्धारण गरिएको टेलिकमले जनाएको छ ।
नयाँ अन्तर्देशीय अन्तरआबद्धता कार्यान्वयन भए पश्चात् एउटा सेवा प्रदायकको नेटवर्कमा रहेको ग्राहकले अर्को सेवा प्रदायकको नेटवर्कमा रहेको ग्राहकलाई कल गर्दा लागू हुने महशुल दर परिमार्जन भई शुल्कमा कमी आउने नेपाल टेलिकमले जनाएको छ ।
सो अनुसार कम्पनीको तारवाला फोनबाट अर्को सेवा प्रदायकको मोबाइलमा कल गर्दा महशुल दर प्रति मिनेट एक रुपैयाँ १० पैसा मात्र कायम हुनेछ ।
यसैगरी कम्पनीको जीएसएम, सीडीएमए र सि फोन पोस्टपेडबाट अर्को सेवाप्रदायकको नेटवर्कमा कल गर्दा महशुलदर प्रति मिनेट एक रुपैयाँ ८ पैसा तथा कम्पनीको जीएसएम, सीडीएमए र सि फोन प्रिपेड सेवाबाट अर्को सेवा प्रदायकको नेटवर्कमा कल गर्दा महशुलदर प्रति मिनेट एक रुपैयाँ ६२ पैसा कायम हुनेछ ।
साथै, कम्पनीको जीएसएम तथा सीडीएमए सेवाको पोस्टपेड र प्रिपेडबाट अन्य सेवा प्रदायकको नेटवर्कमा सन्देश पठाउँदा लाग्ने शुल्क प्रति सन्देश एक रुपैयाँ १० पैसा कायम हुनेछ ।
















नेपाली कांग्रेसले पाँच स्थानमा लियो अग्रता
रुकुमपूर्वमा प्रचण्डकाे अग्रसरता
मोरङ ३: श्रम संस्कृति पार्टीका अमिर मगरले लिए अग्रता
तनहुँ–१ मा स्वर्णिम वाग्लेको अग्रता
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
प्रतिक्रिया