चिया बगान मासेर खनिएको सडक बन्द गरियो

इलाम । इलामको कन्याममा सार्वजनिक जग्गा मासेर खनिएको सडक बन्द गरिएको छ ।
नेपाल चिया विकास निगमको जग्गा अतिक्रमण गरेर निजी जग्गामा जाने बाटो खनिएपछि सूर्योदयको युवाले सो सडक पुरेर बन्द गरेका हुन् ।
सडक खनेपछि आन्दोलित युवाहरुले केही दिनअघि सडक पुर्नुपर्ने मागसहित सूर्योदय नगरपालिकाको ध्यानाकर्षण गराएका थिए ।
व्यक्तिगत प्रयोजनका लागि सरकारी जग्गामा रहेको ऐतिहासिक चिया बगान मासिएको भन्दै युवाले सडक पुर्न मागसहित नगरपालिकाको ध्यानाकर्षण गराएका थिए ।
सूर्योदय नगरपालिका–७ को कन्याममा केही दिनअघि निजी जमिनमा जाने सडक खन्दा चिया निगमको केही जमिन समेत अतिक्रमण भएको थियो ।
अतिक्रमण गरेर सडक निर्माण गरिएको भन्दै स्थानीय युवाले गत माघ ११ गते नगर प्रमुख रणबहादुर राईको ध्यानाकर्षण गराएको स्थानीयवासी युवराज बस्नेतले बताए ।
कन्याम चिया बगानका व्यवस्थापक सचिन सुब्बाको नेतृत्वमा सूर्योदयका करिब ५० युवाले जेसिबी प्रयोग गरे सडक बन्द गराएका हुन् । कन्याम चिया बगानका व्यवस्थापक सुब्बाले आफूहरुलाई कुनै जानकारी नदिइ सडक निर्माण गरिएकाले सडक बन्द गरिएको बताए ।
सडक खन्न थालेपछि एक पटक आफूहरुले बार लगाएर रोक्दा पनि राति जेसिभी प्रयोग गरेर सडक निर्माण गरेको उनको भनाइ छ । सडकको १५ मिटर कटाउदासमेत करिब १२ फुट जमिनमा ६ मिटरको सडक खन्दा बगानको जमिन अतिक्रमण भएको स्थानीय युवा शरण फागोको भनाइ छ ।
उनीहरुले सूर्योदय नगरपालिका–६ का वडाध्यक्ष शिवकुमार बस्नेतले पेलेर बाटो खनाएको आरोप लगाउँदै आएका छन् ।
यता, वडा नं ६ का वडाध्यक्ष शिवकुमार बस्नेत व्यक्तिको जमिनमा जाने बाटो स्वयम् जग्गा धनीले खनेकाले आफनो कुनै संलग्नता नरहेको बताउँदै आएका छन् ।
सानो सडक रहेकाले तत्लो गुप्ती गाउँ जाने सडकसमेत आवश्यक भएकाले बढाइएको बताइएको छ । स्थानीयवासीले सबै बगानको जमिन मिचिएका संरचना हटाउनुपर्ने माग गर्न थालेका छन् ।
विसं २०५७ मा अर्थ मन्त्रालयको निजीकरण शाखाले ५० वर्षका लागि कन्यामसहित इलाम र झापाका ७ वटा चिया बगान भारतको सङ्घाई समूहलाई भाडामा दिएको छ ।















४१ क्षेत्रमा मतगणना जारी रहँदा ३४ मा रास्वपाकाे अग्रता
झापा क्षेत्र नम्बर ५ मा मतगणना सुरु : बालेनकाे अग्रता
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
प्रतिक्रिया