बिहीबार, पुष १०, २०८२

राष्ट्र बैंकले माग्यो करिब सात लाखको नगद कारोबार विवरण

मेरोन्यूज २०७८ माघ २० गते १८:४९

काठमाडौँ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकसँग सात लाख वा सोभन्दा बढी नगदमा भएका कारोबारको सम्पूर्ण विवरण उपलब्ध गराउन पत्राचार गरेको छ ।

केन्द्रीय बैंकले ‘क’ वर्गका सबै बैंकलाई एक साताभित्र कारोबार गर्नेको नाम, खाता नम्बर, कारोबारको मिति र टिप्पणीसहित बैंक सुपरीवेक्षण विभागलाई विवरण उपलब्ध गराउन गत मंलबार पत्राचार गरेको हो ।

विभागका निर्देशक रोशनकुमार सिग्देलले वाणिज्य बैंकलाई पठाएको पत्रमा गत साउन १ देखि पुस ३० गतेसम्म भएका सात लाखभन्दा बढीको नगद कारोबार गर्नेको पूर्ण विवरण यही माघ २४ गतेसम्ममा उपलब्ध गराउन निर्देशन दिइएको छ ।

प्रतिक्रिया