जुत्ता उद्योगमा आगलागी हुँदा साढे आठ करोडको क्षति
मेरोन्यूज
२०७८ माघ २१ गते ९:४६
काठमाडौँ । झापाको मेचीनगरस्थित जुत्ता उद्योगमा आगलागी हुँदा करोडौँको क्षति भएको छ । मेचीनगर नगरपालिका ६ बर्मेली टोलमा श्याम खेतानले सञ्चालन गरेको एसएस फुटवेयरमा बिहीबार आगलागी हुँदा करिब आठ करोड ५० लाख बराबरको क्षति भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकका अनुसार आगलागी पाँच घण्टापछि मात्र नियन्त्रणमा आएको थियो । उद्योगमा जुत्ता बनाउन प्रयोग हुने रबर, केमिकललगायत वस्तु भएकाले आगो नियन्त्रणमा लिन धेरै समय लागेको थियो ।
आगो नियन्त्रणमा लिन झापा, मोरङसहित भारतबाट समेत गरी ११ वटा बारुणयन्त्र परिचालन गरिएको प्रवक्ता पाठकले बताए । आगो निभाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले उल्लेख्य सहयोग गरेका थिए ।
सम्बन्धित













कुलमान, रवि र बालेन एउटै दल भएर चुनाव लड्ने सहमति
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता
९ दलले बुझाए समानुपातिकको सूची
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
प्रतिक्रिया