व्यापारी साझेदारहरूको हत्या आरोपीसहित ३ जना सार्वजनिक
काठमाडौँ । आफ्ना व्यापारी साझेदारहरुको हत्या गरेको आरोपमा पक्राउ परेका अनिल मण्डललाई प्रहरीले सार्वजनिक गरेको छ । उनीसहित तीन जनालाई मोरङ प्रहरीले आज सार्वजनिक गरेको हो ।
प्रहरीले आज बिहान पत्रकार सम्मेलन गरी सिरहा नगरपालिका २१ स्थायी घर भई काठमाडौँको बल्खु बस्ने ३१ वर्षीय अनिल मण्डल, मोरङको जहदा गाउँपालिका ४ सिस्वनी घर भएका अमित साह भनिने दिनानाथ सोनार र मोरङको धनपालथान गाउँपालिका ७ कमलपुरका ६२ वर्षीय नासिर आलमलाई सार्वजनिक गरेको हो । जसमा मण्डल मुख्य आरोपी हुन् ।
कारोबारको रकम आफू मात्रै लिने उद्देश्यले उनले साझेदारहरु राजेन्द्र कुमार श्रेष्ठ, शम्भु कुमार चौधरी र मोहन लिम्बुको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
श्रेष्ठ र चौधरीको शव मोरङको धनपालथानस्थित उखुबारीमा गाडिएको थियो भने लिम्बुको शव बिहीबार ललितपुर महानगरपालिका १२ ठेंचोस्थित एक गोदाम घरको कम्पाउण्डमा गाडिएको अवस्थामा फेला परेको थियो ।

















चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
प्रतिनिधिसभा सदस्य निर्वाचनः प्रतिमतदाता रु २८४ खर्च
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
प्रतिक्रिया