देशभर वर्षा र हिमपात हुँदै

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले थप केही दिन मौसम प्रभावित हुने भएको छ । आज देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानमा वर्षा भइरहेको छ ।
साथै गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको र देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण अझै देशका धेरै स्थानमा मेघगर्जन, चट्याङ, असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिने आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध पनि गरेको छ ।
शुक्रबार देशभर सामान्यदेखि पूर्ण बदली भई देशका धेरै स्थानमा मेघ गर्जन, चट्याङ, असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको सो महाशाखाले जनाएको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात भइरहेको बताइएको छ ।
शनिबार देशका प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहने छ । देशका पूर्वी तथा मध्य भू–भागका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसैबीच अहिले काठमाडौँ उपत्यकामा वर्षा भइरहेको छ । साथै देशका विभिन्न भूभागमा पनि वर्षा र हिमपात भएका समाचारहरु आइरहेका छन् । यो वर्षा र हिमपात शुक्रबार रातिसम्म र देशका कतिपय क्षेत्रमा शनिबार पनि वर्षा जारी रहने बताइएको छ ।













मेक्सिकोमा रेल दुर्घटना : १३ जनाको मृत्यु, ९८ घाइते
ताप्लेजुङमा मतदाताको सङ्ख्या ९० हजार नाघ्यो
इन्डोनेसियामा नर्सिङ होममा आगलागी हुँदा १६ जनाको मृत्यु
सुन्तलाखेतीबाट लाखाैं कमाउँदै बन्दीपुरका किसान
अशोक राई नेतृत्वको जसपा फुट्यो, रेणु यादवसहितका नेता उपेन्द्रकाे जसपा नेपालमा फर्किए
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
प्रतिक्रिया