एक वर्षमा २० किलो नुन पाउँछन् मुगाली

मुगु । ‘सुनको सिरानी गरी नुनको खोजी गर्ने हिमाली जिल्ला मुगुका नागरिक एक वर्षमा २० किलोग्राम मात्र नुन पाउने गरेका छन् ।
मुगुको खत्याड गाउँपालिकाका स्थानीय वर्षमा एकपटक अनुदान पाउने नुनमा चित्त बुझाएका छन् ।
विगतका वर्षमा अन्य जिल्लाबाट ल्याएर नुन उपभोग गर्न बाध्य स्थानीयलाई यस वर्ष भने सरकारले खत्याडमै नुन पठाएको छ ।
घरआँगनमै २० किलो नुन पाउँदा खुसी भएको खत्याड गाउँपालिका वडा नं १ का स्थानीय मानबहादुर बुढाले बताए ।
सरकारले एक परिवारलाई दिएको २० किलो नुन अपर्याप्त रहेको उनको गुनासो छ ।
‘घर आँगनमै नुन आउँदा खुसी भएका छौ, तैपनि यो नुन निकै कम हो । घरमा भेडाबाख्रा, भैंसीलगायत पशु चौपायालाई यसले पुग्दैन,’ उनले थपे ।
हिमाली जिल्ला र कर्णाली प्रदेशका जिल्लाहरुमा नेपाल सरकारले विगतका वर्षहरुदेखि आयोडिनयुक्त नुन अनुदानमा वितरण गर्दै आइरहेको छ ।
विकट हिमाली जिल्ला मुगुमा रहेका छायाँनाथ रारा नगरपालिका र मुगमकामारोङ गाउँपाालिकामा रहेका स्थानीय नागरिकलाई साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड कम्पनीको डिपो कार्यालय गमगढी बजारबाट नियमित नुन वितरण गर्दे आइरहेको छ ।
सोरु गाउँपालिका र खत्याड गाउँपालिकामा भने वार्षिक रुपमा कम्पनीबाट अनुदानको आयोडिन नुनको कोटा छुट्याएको हुन्छ ।
सोहीअनुसार चालू आव २०७८/०७९ मा खत्याड गाउँपालिकाको लागि स्वीकृत एक हजार क्विन्टल अनुदानको नुन ४२ सय घरधुरीलाई ९ रुपैयाँको दरले प्रतिघर २० किलो र अन्य कर्मचारीहरुलाई मिलाएर वितरण गरिएको छ ।
सोरु गाउँपालिकामा माघ महिनाको अन्तिमसम्म नुन वितरण गरिने साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड शाखा मुगुका डिपो प्रमुख खगेन्द्र कार्कीले बताए ।
माथिल्लो मुगुमा भने स्थानीयले तिब्बतबाट ढिके नुन ल्याएर उपभोग गर्दै आएका छन् । सहजै आयोडिनयुक्त नुन नपाइने भएपछि ५ गाविसका स्थानीय तिब्बत जाने गरेका हुन् । साल्ट ट्रेडिङले भने गोदाम आइपुग्ने जोसुकैलाई आवश्यकताअनुसार नुन दिने गरिएको जनाएको छ ।
जिल्लामा वार्षिक नुनको स्वीकृत कोटा ५ हजार ८ सय क्विन्टल छ । सोरु र खत्याड भेगका १४ गाविसका लागि ठेकेदारले साँफेबगरबाट नुन ढुवानी गर्ने गरेका छन् । सदरमुकाममा भने नेपालगन्जबाट गाडीमार्फत ढुवानी हुने गरेको छ ।
सोरु र खत्याड भेगका लागि नुन अझै पर्याप्त छैन । सोरु र खत्याड भेगका लागि करिब १० हजार क्विन्टल नुन आवश्यक देखिएको छ । सोरु भेगका ७ गाविसका निम्ति पर्याप्त नुन नहुँदा स्थानीय दुई दिन हिँडेर सदरमुकाम आई भेडा र खच्चडमा बोकाएर नुन लैजाने गरेका छन् ।
सदरमुकाम गमगढी बजारमा पनि लामो समय सम्म पालो कुरेपछि मात्र नुन पाईने गरेको यहाँका स्थानीयले बताएका छन् ।














सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो
भेनेजुएलाका उद्योगमन्त्री साबलाई पदबाट बर्खास्त
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित)
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित
प्रतिक्रिया