अवरुद्ध सडक खुलाउन हिउँ पन्छाउँदै (फोटोफिचर)

जुम्ला । हिमपातका कारण अबरुद्ध सडक सञ्चालन गर्न जिल्ला विपद् समितिले हिउँ पन्छाउन थालेको छ ।
बिहीबारदेखि परेको लगातारको हिमपातले अवरुद्ध भएको जुम्लाको सडक खुलाउन समितिले हिउँ पन्छाउन थालेको हो ।
हिमपातले सडक अवरुद्ध हुँदा जुम्लाको विभिन्न सडकखण्डमा दर्जनौँ सवारीसाधन रोकिएका छन् ।

हिमपातपछि अवरुद्ध बनेको सडक खुलाउन प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईं नेतृत्वको सुरक्षा निकायसहित टोली ऐरेनीतर्फ लागेको छ ।
प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार डोजरको सहायताले हिउँ पन्छाउँदै नाग्मसम्म पुगिसकिएको छ ।
अझै पनि हिमपात भइरहेकाले केही सवारी साधन फसेका छन् । तातोपानी क्षेत्रमा हिउँमा फसेका सवारी साधनको उद्धार गर्न नेपाली सेना, सशस्त्र प्रहरी बलसहितको एक टोली त्यस क्षेत्रतिर लागेको नन्दाबक्स गणका गणपति रविन थापाले बताए ।
हिमपातले कर्णाली राजमार्गको विर्तामोडमा ठूलो पहिरो गएको छ । पहिरोले यातायात अवरुद्ध भएको छ । जुम्ला विमानस्थलको हिउँ भने पन्छाउन सकिएको छैन ।




तस्विरः दिलमाया शाही/न्युज कारखाना

















रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
प्रतिनिधिसभा सदस्य निर्वाचनः प्रतिमतदाता रु २८४ खर्च
सूर्य नेपाल वेस्टर्न ओपन जारी, भुवन नगरकोटीलाई एक स्ट्रोकको अग्रता
एन्फाले स्थगित गर्याे राष्ट्रिय लिग
रवि लामिछानेकाे मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न आदेश
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
प्रतिक्रिया