पाल्पा प्रशासनले आइतबारदेखि सेवा दिने
मेरोन्यूज
२०७८ माघ २२ गते १०:४१
काठमाडौँ । कार्यालयका कर्मचारीमा कोभिड १९ संक्रमण देखिएपछि बन्द रहेको जिल्ला प्रशासन कार्यालय पाल्पाले नियमित सेवा दिने जनाएको छ । संक्रमणका कारण बन्द रहेका जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय रामपुर तथा जिल्ला निर्वाचन कार्यालय पाल्पाले आइतवारदेखि सेवा नियमित गर्ने भएको हो ।
जिल्ला प्रशासन कार्यालय पाल्पाले सूचना जारी गर्दै मतदाता नामवली संकलनको कार्यसमेत नियमित हुने जनाएको छ । सेवाग्राहीले सेवा लिन आउदा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नु पर्ने तथा कोभिड १९ विरुद्धको खोपकार्ड, प्रतिलिपि वा मोबाइलमा खिचेको फोटो साथमा लिएर आउनु पर्ने छ ।
कार्यालयका कर्मचारीमा कोभिड संक्रमण देखिएपछि गत माघ १४ गते देखि प्रशासनले स्वास्थ्य सर्तकता अपनाउँदै सेवा स्थगित गरेको थियो ।
सम्बन्धित
















अनावश्यक रूपमा बिरामीलाई ‘रिफर’ नगर्न अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन
गैरबैङ्किङ वित्तीय संस्थाका लागि छुट्टै नियामक निकाय गठन गरिने
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
घोषणापत्रमा निजी क्षेत्रमैत्री नीति समेट्न महासंघको आग्रह
गाजामा भएको इजरायली आक्रमणमा ११ जनाको मृत्यु
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
तपाईको आजको दिन शुभ, अशुभ कस्तो हुनेछ ? हेर्नुहोस् राशिफल
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने
प्रतिक्रिया