आइतबार, चैत २९, २०८२

नेशनल रेजिडेन्ट डाक्टर्स एशोसिएसन त्रिवि शिक्षण अस्पतालको अध्यक्षमा डा.आचार्य

मेरोन्यूज २०७८ माघ २३ गते १३:०१


काठमाडौं । नेशनल रेजिडेन्ट डाक्टर्स एशोसिएसन त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंको अध्यक्षमा डा सुमन आचार्य विजयी भएका छन्।
शनिबार अनलाइनबाट भएको निर्वाचनमा डा आचार्यले ९८ मत प्राप्त गर्दै अध्यक्षमा विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी डा.प्रविण पाठकले ४२ र डा सन्जिव कुमार झाले ३८ मत प्राप्त गरेका थिए।

Advertisement
nepal life insurencenepal life insurence

एशोसिएसनको उपाध्यक्षमा डा कमल भुषाल, सचिवमा डा अरुण उप्रेती, सहसचिवमा डा लोकराज कंडेल निवार्चित भएका छन् ।

कोषाध्यक्ष सहित आठ सदस्य भने निर्विरोध रुपमा निर्वाचित भएका छन्। कोषाध्यक्षमा डा प्रज्वल खतिवडा, सदस्यहरुमा डा कुन्दन मरासिनी, डा विशाल गैरे, डा शरद शर्मा, डा विपना केसी, डा किसन नेपाली, डा कृष्ण कुमार यादव र डा माधव देउजा निर्विरोध भएको निर्वाचन समितिले जनाएको छ।

प्रतिक्रिया