एमसीसीविरुद्ध ६ कम्युनिस्ट पार्टीको आन्दोलनको कार्यक्रम सार्वजनिक
माघ २५ गते देशैभर कोणसभा, २६ गते देशैभर प्रदर्शन र सभा

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीविरुद्ध मंगलबार ६ कम्युनिस्ट पार्टीले देशैभर संयुक्त कोणसभा गर्ने भएका छन् ।
एमसीसी सम्झौताविरुद्ध ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाको आइतबार विप्लन नेकपाको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको बैठकले माघ २५ गते देशैभर कोणसभा गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्न गरेको प्रयत्न नेपालको राष्ट्रिय स्वाधिनताको निर्मम प्रहार र दुस्साहस भएको ठहर गर्दै ६ कम्युनिस्ट पार्टीले एमसीसीविरुद्ध सशक्त आन्दोलनका लागि अपिल गरेको छ ।
ती दलहरुले एमसीसीविरुद्ध माघ २५ गते देशैभर कोणसभा र माघ २६ गते काठमाडौंको संसदभवन अगाडि प्रदर्शन तथा देशैभर संयुक्त विरोध प्रदर्शन र सभा गर्ने कार्यक्रम तय गरेका छन् ।
६ कम्युनिस्ट पार्टीहरु विप्लव नेतृत्वको नेकपा, मोनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजीत बुढाथोकी नेतृत्वको माओवादी केन्द्र समाजवादी तथा मसाल र क्रान्तिकारी माओवादीका दुई मोर्चाले संयुक्त आन्दोलन गर्दै आएका छन् ।














कञ्चनपुरमा सवारी दुर्घटना न्यूनीकरणका लागि ‘ब्ल्याक स्पोट’ बोर्ड
शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा
PM extends greetings of Tamu Lhosar, Maipru Naku
शंकर पोखरेलको प्रश्न : गैरदलीय सरकारका मन्त्री पार्टी उपसभापति बन्नु कति उचित हो ?
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
प्रतिक्रिया