एमसीसीविरुद्ध ६ कम्युनिस्ट पार्टीको आन्दोलनको कार्यक्रम सार्वजनिक
माघ २५ गते देशैभर कोणसभा, २६ गते देशैभर प्रदर्शन र सभा

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीविरुद्ध मंगलबार ६ कम्युनिस्ट पार्टीले देशैभर संयुक्त कोणसभा गर्ने भएका छन् ।
एमसीसी सम्झौताविरुद्ध ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाको आइतबार विप्लन नेकपाको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको बैठकले माघ २५ गते देशैभर कोणसभा गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्न गरेको प्रयत्न नेपालको राष्ट्रिय स्वाधिनताको निर्मम प्रहार र दुस्साहस भएको ठहर गर्दै ६ कम्युनिस्ट पार्टीले एमसीसीविरुद्ध सशक्त आन्दोलनका लागि अपिल गरेको छ ।
ती दलहरुले एमसीसीविरुद्ध माघ २५ गते देशैभर कोणसभा र माघ २६ गते काठमाडौंको संसदभवन अगाडि प्रदर्शन तथा देशैभर संयुक्त विरोध प्रदर्शन र सभा गर्ने कार्यक्रम तय गरेका छन् ।
६ कम्युनिस्ट पार्टीहरु विप्लव नेतृत्वको नेकपा, मोनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजीत बुढाथोकी नेतृत्वको माओवादी केन्द्र समाजवादी तथा मसाल र क्रान्तिकारी माओवादीका दुई मोर्चाले संयुक्त आन्दोलन गर्दै आएका छन् ।

















Lebanon says 13 killed in Israeli strikes in south
युरोपमा अमेरिकी प्रभाव घट्ने सङ्केत, जर्मनीबाट अमेरिकी सैनिक फिर्ता गर्ने योजना
त्रिविमा सुधारको सङ्केत : साउनदेखि शैक्षिक पात्रो नियमित हुने, सय दिनभित्रै नतिजा
स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया