मंगलबार, पुष १५, २०८२

बाबुराम भट्टराई कोरोना संक्रमणमुक्त

मेरोन्यूज २०७८ माघ २४ गते ९:२१

काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

पिसिआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको भट्टराईले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् । ‘१२ दिनपछि कोरोना संक्रमणबाट मुक्त भएको छु, पिसिआर रिपोर्ट नेगेटिभ आएको छ,’ उनले भने ।

अब सार्वजनिक कार्यक्रममा फर्कने उल्लेख गर्दै भट्टराईले थपे, ‘देशभित्र र बाहिरबाट स्वास्थ्यलाभको कामना गर्नु हुने, शुभेच्छा व्यक्त गर्नु हुने सबैमा हार्दिक आभार ।’

प्रतिक्रिया