मंगलबार, पुष १५, २०८२

आयो चुनाव

वैशाख ३० मा स्थानीय तहको निर्वाचन गर्ने निर्णय

स्थानीय तहको निर्वाचन एकै चरणमा

मेरोन्यूज २०७८ माघ २४ गते १६:२०

काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख ३० गते एकै चरणमा निर्वाचन गर्ने निर्णय गरेको हो ।

निर्वाचन आयोगको परामर्शका आधारमा मन्त्रिपरिषद् बैठकले वैशाख ३० गते निर्णय गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

निर्वाचन आयोगले केही समयअघि दिएको परामर्शअनुसार जेठ ४ गते भित्र निर्वाचनको मिति तोक्न सुझाव दिएको थियो ।

निर्वाचन आयोगले आगामी ५ जेठमा सात सय ५३ स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिने भएकाले वैशाख अन्तिम वा जेठ पहिलो साता निर्वाचन गर्नुपर्ने सरकारलाई सिफारिस गरेको थियो ।

प्रतिक्रिया