स्पिनर सागर ढकाल पहिलो पटक राष्ट्रिय टोलीमा

काठमाडौं । युवा स्पिनर सागर ढकालले पहिलो पटक राष्ट्रिय क्रिकेट टोलीमा स्थान बनाएका छन् ।
विभागीय नेपाल पुलिस क्लबका खेलाडी समेत रहेका सागर पहिलो पटक टोलीमा स्थान बनाउँदै ओमान भ्रमणमा निस्कने भएका हुन् ।
प्रशिक्षक पुबुदु दासानायकेले २० वर्षीय सागरलाई अन्तिम दिन समेट्दै १७ सदस्यीय टोली आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोटका लागि घोषणा गरेका हुन् । यसअघि लोकेश बम र विवेक यादवले समेत पहिलो पटक टोलीमा स्थान बनाएका थिए ।
नेपालको यु–१९ राष्ट्रिय क्रिकेट टोलीबाट समेत खेलेका सागर पछिल्लो समय घरेलु क्रिकेटमा समेत उच्च प्रदर्शन कायम गर्दै आइरहेका छन् ।
अघिल्लो महिना नेपाल पुलिस क्लबलाई टी–२० प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा उपविजेता बनाउन महत्वपूर्ण भूमिका खेलेका सागरले गत असोजमा सम्पन्न एभरेष्ट प्रिमियर लिग (इपीएल) मा चितवन टाईगर्सलाई उपाधि जिताएका थिए । सागर इपीएल क्रिकेटका ‘प्लेयर अफ दि सिरिज’ चुनिएका थिए ।
सागर सम्मिलित नेपाली टोलीले आगामी अक्टोबर–नोभेम्बरमा अष्ट्रेलियामा आयोजना हुने विश्वकपका लागि ६ फागुनदेखि ओमानमा ग्लोबल छनोट खेल्दैछ । ग्लोबल छनोटमा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपाल सहित क्यानडा, ओमान र फिलिपिन्स छन् । समूह ‘बी’ मा बहराइन, जर्मनी, आयरल्यान्ड र यूएई छन्। नेपालले ६ फागुनमा आयोजक ओमान, ७ फागुनमा फिलिपिन्स र ९ फागुनमा क्यानडाविरुद्ध खेल्नेछ ।
दुवै समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा प्रवेश गर्नेछन् । १२ फागुनमा हुने फाइनल खेलका दुई प्रतिस्पर्धी टोली विश्वकपका लागि छनोट हुनेछ ।
ओमन भ्रमणमा निस्कने टोली
१७ सदस्यीय खेलाडी टिम
सन्दीप लामिछाने (कप्तान), शरद भेषावकर, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, करण केसी, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, आसिफ शेख, अभिनाश बोहरा, जितेन्द्र कार्की, शहाब अलाम, कमल सिंह ऐरी, विवेक यादव, प्रदिप ऐरी, लोकेश बम, सागर ढकाल
पाँच सदस्यीय अफिसियल
ब्यवस्थापकः सुमनराज कार्की
प्रशिक्षकः पुबुदु दासानायके (श्रीलंका)
बलिङ कन्सल्टेन्टः धम्मिका प्रसाद (श्रीलंका)
प्राविधिक विश्लेषकः रमन सिवाकोटी
फिजियोः विक्रम न्यौपाने
















इरान तनावबीच संयुक्त राज्य अमेरिका लाई बेलायतको सैन्य सहयोग
वाग्मती सफाइः तीन मेट्रिकटन फोहर व्यवस्थापन
दक्षिण कोरियाको कारखानामा आगलागीः १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता
जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान
अन्तरराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
प्रतिक्रिया