मंगलबार, पुष १५, २०८२

भोलिको संसद वैठक, छैन एमसीसीको कार्यसूची

मेरोन्यूज २०७८ माघ २५ गते १५:४९

काठमाडौं । पटक पटक स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ ।

बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेवल हुने भनिए पनि कार्यसूचिमा भने राखिएको छैन ।

बुधबार बोलाइएको संसद बैठकमा एमसीसी टेबल हुने भन्दै विभिन्न दलहरु सडक आन्दोलनको घोषणा गरिसकेका छन् । संसद बैठकमा एमसीसी प्रस्ताव अगाडि बढाइने भन्दै सत्ता गठबन्धनमा रहेका राष्ट्रिय जनमोर्चा पनि सडक आन्दोलनमा उत्रिएको छ ।

संघीय संसदको महासचिव डा. भरतराज गौतमले सार्वजनिक गरेको बुधबारको कार्यसूचीमा थारु आयोगको वार्षिक प्रतिवेदन र संविधानसभा सदस्य जगतबहादुर ताजपुरियाको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ ।

प्रतिक्रिया