कैलालीमा वन कर्मचारीलाई मोसो दल्ने बिप्लवका कार्यकर्ता पक्राउ

कैलाली । कैलालीमा वन कर्मचारीलाई मोसो दल्ने नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा कार्यकर्ता पक्राउ परेका छन् ।
कर्मचारीलाई कालो मोसो दलेको आरोपमा कैलारी गाउँपालिकाबाट मंगलबार बिहान ५ बजे उनलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीले उनको नाम भने सार्वजनिक गरेको छैन । उनी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता रहेको बताइएको छ ।
उनलाई कैलालीको पचमुडिया सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत विश्वराज पण्डितलाई मोसो दलेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
आफूहरु विप्लवको कार्यकर्ता भन्दै यहि माघ १७ गते पण्डितलाई कालोमोसो दलिएको थियो । उनीहरुले चन्दा आतंकको विरोध गरेको भन्दै एक्कासी दुव्र्यवहार गरेको पण्डितले बताएका थिए।
उक्त सव डिभिजनअन्तर्गत पर्ने कैलालीका सामुदायिक वनमा विप्लवका कार्यकर्ताले चन्दा असुली गर्दै आएका छन् ।













पल्टेको ग्यास बुलेट हटाउन नसक्दा १३ घण्टादेखि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउँने शिक्षा दिनु आवश्यकः अध्यक्ष विजुक्छेँ
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
पुतिनको निवासमाथि ड्रोन आक्रमण बनावटी दाबी मात्र : युक्रेन
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
रवि–बालेनबिच ७ बुँदे सम्झौता : दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहने, प्रधानमन्त्रीको उम्मेदवार बालेन बन्ने
रवि भन्छन् – सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएजस्तो हुनुपर्छ
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
प्रतिक्रिया