भोलिबाट पशुपतिनाथको मन्दिर दर्शनार्थीका लागि खुला

काठमाडौं । पशुपतिनाथको मन्दिर (भोलि) शुक्रबारबाट खुला हुने भएको छ । पशुपति क्षेत्र विकास कोषले भोलिबाट भक्तजनले पशुपतिनाथको मन्दिरमा पूजा तथा दर्शन गर्न सक्ने जनाएको छ ।
काठमाडौं उपत्यकामा तिब्र कोरोना संक्रमण बढेपछि करिब दुई महिनादेखि मन्दिर बन्द गरिएको थियो ।
कोषले जारी गरेको सुचनामा माघ २८ गते शुक्रबार देखि जिल्ला प्रशासन कार्यालय काठमाडौंको जारी आदेश बमोजिम स्वास्थ्य मापदण्ड पालना गरेर एक पटकमा ५० जना भन्दा बढी नहुने गरी लाई पूजा, ध्यान वा प्रार्थना गर्न दिने बताएको छ ।
आम दर्शनार्थी एवं भक्तजनहरुको गुनासोलाई समेत मध्यनजर राखी विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेका स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने गरी पशुपतिनाथको मन्दिर भक्तजनहरुको दर्शनका लागि मिति २०७८/ १०/२८ गते शुक्रवारका दिनदेखि खुला गरिने व्यहोरा सबैलाई जानकारी गराइएको छ,’ सुचनामा उल्लेख छ ।














Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
नगद तथा गरगहनासहित एक जना पक्राउ
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
प्रतिक्रिया