शनिबार, चैत ७, २०८२

भोलिबाट पशुपतिनाथको मन्दिर दर्शनार्थीका लागि खुला

मेरोन्यूज २०७८ माघ २७ गते ७:३९

काठमाडौं । पशुपतिनाथको मन्दिर (भोलि) शुक्रबारबाट खुला हुने भएको छ । पशुपति क्षेत्र विकास कोषले भोलिबाट भक्तजनले पशुपतिनाथको मन्दिरमा पूजा तथा दर्शन गर्न सक्ने जनाएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

काठमाडौं उपत्यकामा तिब्र कोरोना संक्रमण बढेपछि करिब दुई महिनादेखि मन्दिर बन्द गरिएको थियो ।

कोषले जारी गरेको सुचनामा माघ २८ गते शुक्रबार देखि जिल्ला प्रशासन कार्यालय काठमाडौंको जारी आदेश बमोजिम स्वास्थ्य मापदण्ड पालना गरेर एक पटकमा ५० जना भन्दा बढी नहुने गरी लाई पूजा, ध्यान वा प्रार्थना गर्न दिने बताएको छ ।


आम दर्शनार्थी एवं भक्तजनहरुको गुनासोलाई समेत मध्यनजर राखी विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेका स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने गरी पशुपतिनाथको मन्दिर भक्तजनहरुको दर्शनका लागि मिति २०७८/ १०/२८ गते शुक्रवारका दिनदेखि खुला गरिने व्यहोरा सबैलाई जानकारी गराइएको छ,’ सुचनामा उल्लेख छ ।

प्रतिक्रिया