शुक्रबार, पुष ११, २०८२

महालक्ष्मी विकास बैंकका ग्राहकलाई ‘ह्याविएन एसपिए’मा छुट

मेरोन्यूज २०७८ माघ २८ गते १२:३६

काठमाडौँ । ग्राहकहरुलाई सरल, सहज र गुणस्तरीय वित्तीय सेवा दिँदै आएको महालक्ष्मी विकास बैंक र ‘ह्याविएन एसपिए’बीच सहकार्य गर्ने भएको छ । सोहीअनुसार समझदारी पत्रमा हस्ताक्षर बैंकका प्रवक्ता दिपेश लम्सालले जानकारी दिए ।

उक्त सम्झौता पश्चात बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले विभिन्न सेवामा आकर्षक छुट पाउने छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले प्रदेश १ मा ५, मधे प्रदेशमा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्मि प्रदेशमा १७ वटा गरी कूल १०३ वटा शाखामार्फत ग्रहकहरुलाई सेवा दिँदै आएको छ ।

प्रतिक्रिया