सर्लाहीमा ठूलो परिमाणमा लागुऔषध बरामद

सर्लाही । सशस्त्र प्रहरी बल सर्लाहीले ठूलो परिमाणमा अबैध लागुऔषध नाइट्राभेट बरामद गरेको छ ।
शुक्रबार दिउँसो सर्लाहीको बरहथवा नगरपालिका-१७, श्रीपुर कटानीबाट ४० प्याकेट १२ सय पिस नाइट्राभेट ट्याब्लेट बारामद भएको सशस्त्र प्रहरी बल नेपाल १० नम्बर गण कविलासीले जनाएको हो ।
लागुऔषध ओसारपसारमा संलग्न तस्करले ना ५५प ९२८ नम्बरको मोटरसाइकलमा राखेर तस्करी गर्दैगर्दा उक्त लागुऔषध बरामद भएको सशस्त्र प्रहरी १० नम्बर गण कविलासीका एसपी भरत खनियाँले जानकारी दिए ।
सशस्त्र प्रहरी सुरक्षा बेस सुन्दरपुर चोहर्वाको गस्ती टोलीलाई देख्नेबित्तिकै तस्कर लागुऔषध र मोटरसाइकल छाडेर फरार भएको एसपी खनियाँको भनाइ छ । तस्करले बोरामा राखेर लैजाँदै गरेको अवस्थामा लागुऔषध बरामद भएको प्रहरीले जनाएको हो । बरामद लागुऔषध र मोटरसाइकल आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यलय सर्लाहीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
जिल्लामा पछिल्लो समय लागुऔषधको कारोबार बढे सगैँ दुर्व्यसनीसमेत बढेको प्रहरीको अनुमान छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार जिल्लामा लागुऔषध प्रयोगकर्ता र कारोवारी नियन्त्रणका लागि अभियान नै सञ्चालन भइरहेको छ ।













घट्यो पेट्रोलियम पदार्थको मूल्य
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धिः नेपाल पत्रकार महासङ्घ
नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई दिँदैछ बिदाइ
सरकारलाई सुशासनको जग बसाल्ने र निर्वाचन गर्ने कार्यादेश छ : प्रधानमन्त्री कार्की
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
कुलमान घिसिङ रास्वपाको उपसभापति, रास्वपाको महामन्त्री उज्यालोबाटै बनाइने
प्रतिक्रिया