भोलिदेखि सर्वोच्च अदालतको सबै सेवा सञ्चालन हुने

काठमाडौँ । सर्वोच्च अदालतले भोलिदेखि नियमित रूपमा सबै प्रकारका सेवा सञ्चालन गर्ने भएको छ । गत ४ माघको पूर्ण बैठकले कोरोना भाइरस (कोभिड–१९) महामारीको संक्रमण बढेको भन्दै सेवा संकुचन गरेको सर्वोच्चले पुनः सबै प्रकारको सेवा सञ्चालन गर्न लागेको हो ।
गत बिहीबार बसेको पूर्ण बैठकले आगामी १ फागुनबाट सबै प्रकारका न्याय, प्रशासनिक र आर्थिक पक्षलगायतका सेवा सञ्चालन गर्ने निर्णय गरेको अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन बढे पछि अदालतले गत ५ माघबाट सेवा संकुचन गराउँदै आएको थियो ।
गत ४ माघदेखि २९ माघसम्मको अवधिमा बन्दी प्रत्यक्षीकरण तथा कोभिड महामारीसहित आधारभूत स्वास्थ्य सेवासँग सम्बन्धित र सार्वजनिक महत्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनको मात्र सुनुवाई गरेर अन्य सेवा बन्द गरेको अदालत आइतवारबाट भने नियमित सेवामा जाने छ ।
सर्वोच्चका अनुसार झण्डै एक महिनाको सेवा संकुचनको यस अवधिमा बन्दी प्रत्यक्षीकरण, मुद्दा फिर्ता, तामेली एवम् मिला पत्रसम्बन्धी कामकारबाही, मुलुकी फौजदारी कार्य विधिअनुसार थुनुवा रहेका व्यक्तिको निवेदनलगायतका मुद्दामाथि कारवाही र सुनवाईलाई भने निरन्तरता दिईएको थियो ।
















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
प्रतिक्रिया