कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते चैतमा

काठमाडौं । नेपाल कराते महासंघ नेपाल, लोकतान्त्रिक खेलकुद संघ र जिल्ला प्रमुख डोजो ललितपुर, लगनखेलको संयुक्त आयोजनामा प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता चैत अन्तिम साता हुने भएको छ ।
नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्व प्रधानमन्त्री स्व। भट्टराईको स्मृतिमा हुन लागेको प्रतियोगिता २४ देखि २६ चैतसम्म हुने आयोजक डोजोका अध्यक्ष दीपक श्रेष्ठले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली नेपाल आर्मी, नेपाल प्रहरी र एपीएफ गरी १० टिमको सहभागिता रहने छ । एकल र टिम कातासहित पुरुषमा ११ तथा महिलामा १० गरी २१ स्पर्धामा प्रतिस्पर्धा हुने छ । पुरुषमा एक सय १० र महिलामा एक सय गरी दुई सय १० खेलाडीको सहभागिता रहने छ । टिम च्याम्पियनलाई एक लाख नगद पुरस्कार दिइने छ भने उत्कृष्ट पुरुष महिला खेलाडीलाई पनि नगदबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
नेपाल कराते महासंघका कार्यवाहक अध्यक्ष दावा गुरुङले यसै प्रतियोगिताबाट चीनमा हुने १९ औँ एसियाली खेलकुदका लागि खेलाडीको प्रारम्भिक छनोट गरिने बताए । करातेका प्रमुख प्रशिक्षक हीरासिंह डंगोलले प्रत्येक तौल समूहबाट चार खेलाडीका दरले २१ स्पर्धामा ८४ खेलाडीको प्रारम्भिक छनोट गरिने बताए ।
राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष समेत रहेका प्रतियोगिताका मुख्य योजनाकार मिनकृष्ण महर्जनले कोभिडले सुस्ताइरहेको खेल क्षेत्रलाई चलायमान बनाउन प्रतियोगिताले मद्दत पुग्ने बताउँदै खेलाडीको मनोबल उकास्न पनि प्रतियोगिता सहयोगी साबित हुने विश्वास व्यक्त गरे ।
















इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
नेपालगञ्जमा इद उल फित्र मनाइयो
कर्णाली प्रदेशमा ट्राफिक कारबाहीबाट १३ लाख राजस्व सङ्कलन
लुम्बिनीमा आयोजित तेस्रो शान्ति म्याराथन प्रतियोगिताको उपाधि आर्मीका रोकायलाई
हिन्दू र मुस्लिम समुदायबीच तनावपछि कपिलवस्तुको महाराजगञ्ज बर्गदवामा अनिश्चितकालीन निषेधाज्ञा जारी
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
प्रतिक्रिया