सर्लाहीमा अवैध सालको गोलिया बरामद

सर्लाही । सर्लाहीको बागमतीस्थित लहरी घारीबाट लुकाई छिपाई राखेको सात थान सालको गोलिया बरामद भएको छ ।
शनिबार शव डिभिजन वन कार्यालय मूर्तियाले बागमती नगरपालिका–२, हरिवन खोला किनारबाट ४० क्यूफिट सालको गोलिया बरामद गरेको हो । सुराकीको आधारमा पुगेको वनको टोलीले लहरी घारीबाट सान थान अवैध सालको गोलिया बरामद गरेको शव डिभिजन वन कार्यालय मूर्तियाका जमदार अमर पाख्रिनले बताए ।
बरामद सालको गोलिया मूर्तिया वन कार्यालयमा ल्याएर अनुसन्धान सुरु गरेको बन कार्यालयका जमदार पाख्रिनले जानकारी दिए । सालको गोलिया तस्करको भने पहिचान हुन बाँकी रहेको बन कार्यालयले जनाएको हो । गोलिया कसले लुकाएको हो रु भन्ने विषयमा अनुसन्धान भइरहेको डिभिजन बन कार्यालय लालबन्दीले उल्लेख गरेको छ ।
सरकारी मुल्य अनुसार झण्डै एक लाख ६० हजार बराबर मुल्य रहेको उक्त गोलियाको मूल्य बजारमा अझै बढी रहेको बन कार्यालयका कर्मचारीको भनाई छ ।
जिल्लाका सामुदायिक तथा साझेदारी बन क्षेत्रबाट पछिल्लो समय सालका गोलिया अत्यधिक तस्करी हुने गरेको स्थानीयको भनाई छ । जिल्लाको घुर्कौली, जानकीनगर लगायत वनक्षेत्र तस्करहरूको निसानामा पर्दै आएको छ ।
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
संसदका दुवै सदनको अधिवेशन आह्वान
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने
प्रतिक्रिया