एमसीसीबारे एमाले जनवर्गीय संगठन मौन, आन्दोलनको आफै निर्णय गर्न निर्देशन

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई संसदमा पेश गर्ने अडान नछाडेपछि नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी पार्टी सरकारबाट बाहिरिने बिन्दुको खोजीमा छन् । सरकारमा बस्न नैतिक संकट उत्पन्न भएपछि उनीहरुले सरकारबाट बाहिर आउन सकिन्छ भन्ने उपाएको खोजीमा लागेको र आफ्ना जनवर्गीय संगठनलाई आन्दोलनको तयारी गर्न निर्देशन दिएका छन् ।
आगामी निर्वाचनसम्म गठबन्धन कायम राख्ने सहमतिका साथ सरकारमा सहभागी भएका यी दुई पार्टीलाई एमसीसीका कारण सरकारमा बस्नुभन्दा बाहिरिनु उपयुक्त ठानिरहेका सत्ता घटक र सत्ताबाहिर रहेका वामपन्थी घटकहरु आन्दोलनमा लागिसकेका छन् । सबै वामपन्थी घटक आन्दोलनमा आउँदा पनि ९ महिनाअघि सत्ताबाहिर आएको एमाले मौन रहेको छ ।
एमालेका केही कार्यकर्ताहरुले फेसबुक लगायतका सामाजिक सञ्जालमा एमसीसी चाहिदैन भने पनि शीर्ष नेताहरु मौन रहेका छन् । उनीहरुले जनवर्गीय संगठनका नेताहरुलाई पनि एमसीसीबारे केही बताएका छैनन् । एमालेमै रहेर कुनै जिम्मेवारीमा नरहेका भीम रावलले मात्रै एमसीसीको खुलेर विरोध गरेका छन् ।
नेता रावलबाहेक कोही नेताहरुले एमसीसीबारे खुलेर समर्थन वा विरोध गरेका छैनन् । शीर्ष नेताहरु सबै मौन रहेका छन् । चार दिनअघि अर्थात बिहीबार दिउँसो पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जनवर्गीय संगठनका नेताहरुले भेटेरै एमसीसीको विरोध गर्ने हो कि होइन भन्ने जिज्ञसा राखेका थिए ।
उनीहरुले वामपन्थी दलका सबै नेता कार्यकर्ताहरु आन्दोलनमा उत्रेको र एमाले मात्रै बाँकी रहेकाले आन्दोलनको तयारीका लागि अनुमति मागेका थिए । ओलीसँगको भेटघाटमा महासचिव शंकर पोखरेललगायतका नेताहरु पनि सहभागी थिए । तर, ओलीले एमसीसीको विरोध वा समर्थनमा पार्टीको कुनै निर्देशन आउँदैन यसमा संगठन आफै निर्णय गर्न स्वतन्त्र रहेको बताएका थिए ।
‘संगठनभित्र एमसीसीको विषयमा के गर्ने भन्ने छलफल भयो विरोध गर्ने कि समर्थन हो भन्नेबारेमा पार्टीको कुनै धारणा नआएपछि हामीले पार्टी अध्यक्षलाई भेटेर के गर्ने भन्ने जिज्ञासा राखेका थियौं, तर अध्यक्षले आफै निर्णय गर्न स्वतन्त्र छाडिदिनु भयो’, भेटघाटमा संलग्न युवा संघका एक सचिवालय सदस्यले भने । उनका अनुसार पार्टी अध्यक्ष ओलीले नै त्यसो भनेपछि युवा संघ अहिले पेट्रोलियम पदार्थको आन्दोलनमा लागेको छ ।
शुक्रबारदेखि युवा संघले मूल्यवृद्धि घटाउनु पर्नेलगायत माग राखेर आन्दोलन शुरु गरेको छ । ‘अहिले युवा संघ मूल्यवृद्धिको आन्दोलनमा छ, एमसीसीबारे पनि आन्दोलन हुनसक्छ, सरकारी कसरी प्रस्तुत हुन्छ त्यसमा भरपर्छ’, युवा संघका केन्द्रीय सदस्य निरोज पौडेलले भने । उनका अनुसार आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेपछि सबैतिर त्यसको असर परेका कारण युवा संघ आन्दोलनमा उत्रेको हो ।
एमसीसीबारे एमालेका सबै जनवर्गीय संगठन मौन रहेका छन् । युवा संघ, अखिल, मजदुर, अनेमसंघ, पेशागत महासंघ लगायतका सवैजसो जनवर्गीय संगठनहरुले एमसीसीबारे कुनै पनि धारणा सार्वजनिक गरेका छैनन् । एमालेको मूल नेतृत्व मौन रहेपछि जनवर्गीय संगठनका नेताहरुसमेत मौन रहेको एमाले नेता कार्यकर्ताले जनाएका छन् ।
एमाले अध्यक्ष ओलीले सरकारमा रहेका दलहरु नै एमसीसी पास गर्न प्रयाप्त रहेका कारण एमालेको आवश्यकता नभएको भन्दै तर्क राख्दै आएका छन् ।













काठमाडौँ उपत्यकाका नदी किनारको दायाँबायाँ २० मिटर छाड्न नपर्ने
चिलीमा डढेलोका कारण आपतकालको घोषणा, २० हजारलाई सुरक्षित स्थानमा सारियो
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
प्रतिक्रिया