महाभियोग प्रस्तावपछि प्रधानन्यायाधीश जबरा स्वतः निलम्बित

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा निलम्बनमा परेका छन् । महाभियोग प्रस्ताव दर्तापछि संविधानतः प्रधानन्यायाधीश निलम्बनमा पर्छन् ।
संविधानविद् डा. भीमार्जुन आचार्यका अनुसार महाभियोग प्रस्ताव दर्ता भएपछि प्रधानन्यायाधीश जबराले उक्त पदमा रहेर कुनै काम गर्न नपाइने बताए । संविधानको धारा १०१ को (६) (२) अनुसार महाभियोगको कारबाही प्रारम्भ भएपछि नेपालको प्रधानन्यायाधीश वा सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषद् सदस्य, संवैधानिक निकायका प्रमुख वा पदाधिकारीले त्यस्तो कारबाहीको टुंगो नलागेसम्म आफ्नो पदको कार्य सम्पादन गर्न पाउने छैन भन्ने व्यवस्था उल्लेख छ ।
यो पनि पढ्नुहोस् : प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता
संविधानविद् आचार्यले संविधानको गम्भीर उल्लंघन गरेको वा कार्य क्षमताको अभाव वा खराब आचरण वा पदीय दायित्वको पालन इमान्दारीपूर्वक नगरेको वा आचारसंहिताको गम्भीर उल्लंघन गरेको भन्ने आधारमा प्राप्त सूचना, जानकारी वा उजुरी ग्राह्य रहेको भनी प्रतिनिधिसभाका कम्तीमा तीनजना सदस्यले प्रमाणित गर्नुपर्ने पनि प्रावधान रहेको पनि बताए ।
उनका अनुसार प्रस्ताव पेसपछि महाअभियोग समितिले त्यस्तो उजुरीमाथि संघीय कानुन बमोजिम छानबिन गरी महाभियोगसम्बन्धी कारबाहीका लागि प्रतिनिधिसभासमक्ष सिफारिस गर्नु पर्ने हुन्छ । महाभियोग प्रस्ताव पास हुन प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुई तिहाई बहुमत आवश्यक हुन्छ ।
बहुमत पारित भएमा मात्रै प्रधानन्यायाधीश जबरा पदबाट मुक्त हुने छन् ।
















इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
नेपालगञ्जमा इद उल फित्र मनाइयो
कर्णाली प्रदेशमा ट्राफिक कारबाहीबाट १३ लाख राजस्व सङ्कलन
लुम्बिनीमा आयोजित तेस्रो शान्ति म्याराथन प्रतियोगिताको उपाधि आर्मीका रोकायलाई
हिन्दू र मुस्लिम समुदायबीच तनावपछि कपिलवस्तुको महाराजगञ्ज बर्गदवामा अनिश्चितकालीन निषेधाज्ञा जारी
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
प्रतिक्रिया