बिहीबार, पुष १७, २०८२

प्रधानन्यायाधीश जबरामाथिको महाभियोगबारे एमालेको ३ बुँदे आरोप

मेरोन्यूज २०७८ फागुन १ गते १२:२१
फाइल फोटो

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्तावले मुलुकलाई थप द्वन्द्वमा धकेलेको प्रमुख प्रतिपक्षी दल एमालेले टिप्पणी गरेको छ ।

एमाले केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख विष्णु रिजालले आइतबार दिउँसो सामाजिक सञ्जालमार्फत महाभियोगबारे टिप्पणी गरेका हुन् ।

उनले महाभियोग प्रस्तावलाई लिएर तीन बुँदे आरोप लगाएका छन् । रिजालले लेखेका छन्–

१, प्रधानन्यायाधीशमाथिको महाभियोग प्रस्तावले मुलुकलाई थप द्वन्द्वतिर धकेलेको छ । यसबाट न्यायालय कब्जा गरी आफू अनुकूलका फैसला गराउने प्रपञ्च प्रकट भएको छ ।

२, स्थानीय चुनाव नगराउने षड्यन्त्र सुरु भएको छ । प्रतिपक्षसँग बन्न लागेको सम्बन्धलाई बिगारेको छ ।

३, सत्तापक्षले महाभियोगको सिलसिला आरम्भ गरेको छ, जसको असर तुरुन्तै देखा पर्ने छ ।

प्रतिक्रिया