तनहुँका २९ हजार बालबालिकाले मोडर्नाको खोप

काठमाडौँ । तनहुँका २९ हजार बालबालिकाले कोभिड १९ विरुद्धको मोडर्ना खोपको पूरा मात्रा लगाएका छन् । सबै स्थानीय तहका २९ हजार हजार १६० बालबालिकाले मोडर्ना खोपको पूरा मात्रा लगाएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
पहिलो मात्रा लगाउनेको संख्या भने ३४ हजार ३०३ छ । १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई सम्बन्धित विद्यालयमै खोप लगाउने व्यवस्था मिलाइएको थियो ।
स्वास्थ्य कार्यालयका खोप अधिकृत एवं सूचना अधिकारी शंकरबाबु अधिकारीका अनुसार भानु नगरपालिकाका तीन हजार ३९, व्यास नगरपालिकाका सात हजार ६५१, शुक्लागण्डकी नगरपालिकाका पाँच हजार ६०० र भिमाद नगरपालिकाका दुई हजार ७०० बालबालिकाले पूरा मात्रा लगाएका छन् ।
म्याग्दे गाउँपालिकाका एक हजार ४०४, घिरिङ गाउँपालिकाका एक हजार २०८, ऋषिङ गाउँपालिकाका दुई हजार २१, देवघाट गाउँपालिकाका एक हजार ४५४, बन्दीपुर गाउँपालिकाका एक हजार ७०४ र आँबुखैरेनी गाउँपालिकाका दुई हजार ३७९ बालबालिकाले पूरा मात्रा लगाएका छन् ।
पहिलो मात्रा लगाउनेको सङ्ख्या भने भानुमा तीन हजार ४८०, व्यासमा दश हजार ८०, म्याग्देमा एक हजार ५७७, शुक्लागण्डकीमा ६०० हजार ११०, भिमादमा तीन हजार ४७, घिरिङमा एक हजार ४१२, ऋषिङमा दुई हजार १६९, देवघाटमा एक हजार ७२९, बन्दीपुरमा दुई हजार ५३ र आँबुखैरेनीमा दुई हजार ७४६ रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
















निर्वाचनमा बालअधिकार उल्लङ्घनः अध्ययनले देखायो ३५० घटना
इरान तनावबीच संयुक्त राज्य अमेरिका लाई बेलायतको सैन्य सहयोग
वाग्मती सफाइः तीन मेट्रिकटन फोहर व्यवस्थापन
जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
प्रतिक्रिया