तनहुँका २९ हजार बालबालिकाले मोडर्नाको खोप

काठमाडौँ । तनहुँका २९ हजार बालबालिकाले कोभिड १९ विरुद्धको मोडर्ना खोपको पूरा मात्रा लगाएका छन् । सबै स्थानीय तहका २९ हजार हजार १६० बालबालिकाले मोडर्ना खोपको पूरा मात्रा लगाएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
पहिलो मात्रा लगाउनेको संख्या भने ३४ हजार ३०३ छ । १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई सम्बन्धित विद्यालयमै खोप लगाउने व्यवस्था मिलाइएको थियो ।
स्वास्थ्य कार्यालयका खोप अधिकृत एवं सूचना अधिकारी शंकरबाबु अधिकारीका अनुसार भानु नगरपालिकाका तीन हजार ३९, व्यास नगरपालिकाका सात हजार ६५१, शुक्लागण्डकी नगरपालिकाका पाँच हजार ६०० र भिमाद नगरपालिकाका दुई हजार ७०० बालबालिकाले पूरा मात्रा लगाएका छन् ।
म्याग्दे गाउँपालिकाका एक हजार ४०४, घिरिङ गाउँपालिकाका एक हजार २०८, ऋषिङ गाउँपालिकाका दुई हजार २१, देवघाट गाउँपालिकाका एक हजार ४५४, बन्दीपुर गाउँपालिकाका एक हजार ७०४ र आँबुखैरेनी गाउँपालिकाका दुई हजार ३७९ बालबालिकाले पूरा मात्रा लगाएका छन् ।
पहिलो मात्रा लगाउनेको सङ्ख्या भने भानुमा तीन हजार ४८०, व्यासमा दश हजार ८०, म्याग्देमा एक हजार ५७७, शुक्लागण्डकीमा ६०० हजार ११०, भिमादमा तीन हजार ४७, घिरिङमा एक हजार ४१२, ऋषिङमा दुई हजार १६९, देवघाटमा एक हजार ७२९, बन्दीपुरमा दुई हजार ५३ र आँबुखैरेनीमा दुई हजार ७४६ रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।













खालिदा जियाकाे राजकीय विदाइ
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
पेरूमा पर्यटक बोकेको रेल दुर्घटना: एक जनाको मृत्यु, ४० भन्दा बढी घाइते
स्याङ्जामा पुरुषभन्दा महिला मतदाता धेरै
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया