उपचार गर्न साढे ४ लाख आर्थिक सहयोग
काठमाडौँ । अर्थ अभावमा स्वास्थ्य उपचारमा समस्या झेलिरहेका गलकोट नगरपालिका ७ मल्मका ६१ वर्षीया मनकुमारी परियारलाई घुम्टे युवा परिवार जापान शाखाले आर्थिक सहयोग गरेको छ ।
उच्च रक्तचापका कारण टाउकोमा गम्भीर समस्या देखिएपछि एक महिनादेखि काठमाडौँको शिक्षण अस्पतालमा भर्ना भएकी उनलाई थप उपचारका लागि शाखाले चार लाख ५८ हजार ६५१ प्रदान गरेको हो ।
संस्थाका प्रतिनिधि जानु थापा, कलाकार दुर्गेश थापालगायतको उपस्थितिमा सो रकम परियारका श्रीमान् मनबहादुरलाई हस्तान्तरण गरिएको शाखा अध्यक्ष दिनेश थापाले जानकारी दिए । अर्थ अभावका कारण परियार उपचारबाट वञ्चित हुनु पर्ने स्थिति आएपछि शाखाको पहलमा जापानमा रहेका गलकोटेले स्वतःस्फुर्त रकम जुटाएर नेपाल पठाएको उनको भनाइ छ ।
कूल ११० सहयोगदाताबाट रकम संकल भएको थियो । न्यून आए भएको परिवारको सदस्यको उपचारमा समस्या निम्तिएपछि मानवीय सेवाभाव राखेर आर्थिक सहयोग अभियान चलाइएको शाखाका सचिव तुलवीर थापाले बताए । उनका अनुसार गाउँठाउँमा अप्ठेरो पर्दा शाखाले अघिपछि पनि यस किसिमका सहायता प्रदान गर्दै आएको छ ।
गलकोट, मल्ममा केन्द्रीय कार्यालय रहेको घुयुपको नेपालका विभिन्न सहरदेखि भारत, जापानलगायतका देशमा शाखा छन् । विसं २०४१ खुलेको उक्त संस्था सामाजिक र मानवीय सेवाका क्षेत्रमा क्रियाशील छ ।















ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या : कारबाहीको माग
मौसम पूर्वानुमान : कस्ताे रहला आज देशभरकाे माैसम ?
दूतावासले साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन यस्ताे अनुरोध गरेकाे छ
अध्यक्ष लामिछाने र वरिष्ठ नेता शाहलाई पाकिस्तानका प्रधानमन्त्रीले दिए बधाई
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
‘म्यागासेसे’ को संसद् यात्रा…
गौरादहका नगरप्रमुखलाई दूर्व्यवहार गर्ने व्यक्ति पक्राउ
वायु प्रदूषणबाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह
प्रतिक्रिया