बिहीबार, पुष १७, २०८२

देशभर ७४७ जना संक्रमित थपिए, ८ जनाको मृत्यु

मेरोन्यूज २०७८ फागुन २ गते १६:५२

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ८ हजार ६९६ जनाको नमुना परीक्षण गर्दा ७ सय ४७ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा देशभरबाट थप ८ जना संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा २ हजार ३ सय १९ जना संक्रमणमुक्त भएको पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया