एलपीएल–६ धनगढीमा सुरु, पहिलो खेलमा सत्यवती विजयी

धनगढी । धनगढीमा विद्यालय स्तरको यू–१९ क्रिकेट प्रतियोगिता, लिटलफ्लावर प्रिमियर लिग–६ (एलपीएल) सोमबारदेखि सुरु भएको छ ।
लिटलफ्लावर स्पोर्ट एण्ड इभेन्ट्सको आयोजनामा सञ्चालन भएको प्रतियोगिताअन्तरगत उद्घाटन खेलमा कैलालीको अत्तरियास्थित सत्यवती एकेडेमी विजयी भएको छ । आयोजक लिटलफ्लावर बोर्डिङ स्कुललाई ७३ रनले पराजित गर्दै सत्यवती विजयी भएको हो ।
टस जितेर पहिला ब्याटिङ गर्दै सत्यवती एकेडेमी निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाएर १ सय ९७ रन जोडेको थियो ।
सत्यवतीका लागि सन्दीप खत्रीले सर्वाधिक ६६ रन बनाए । यस्तै सन्तोष कार्कीले ३३, खगेन्द्र जोशीले ३२ तथा आदील अन्सारीले ३० रनको योगदान दिए । लिटल फ्लावरका प्रकाश जैसी, अनुराग सिंह र सुवास ऐरले समान दुई÷दुई विकेट लिए ।
१ सय ९८ रनको लक्ष्य पछ्याउने क्रममा लिटल फ्लावरले २० ओभर ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा १ सय २४ रन मात्र बनाउन सक्यो । लिटल फ्लावरको ब्याटिङमा कप्तान विपिन रावलले सर्वाधिक ६२ रन बनाए ।
यस्तै नरेन भट्टले २८ रन बनाए । सत्यवती एकेडेमीका नीरज भट्ट र युवराज खत्रीले समान दुई÷दुई विकेट लिए भने सन्तोष कार्की, सन्दीप खत्री र सुजन गौतमले समान एक÷एक विकेट लिए ।
खेलको प्लेयर अफ द म्याच सन्दीप खत्री घोषित भए । प्रतियोगिता अन्तर्गत मंगलबार दुई खेल हुनेछन् । पहिलो खेलमा होलिल्याण्ड स्कुल र एभरेस्ट एकेडेमीबीच हुनेछ, भने दोस्रो खेल गुरुकुल मडियम स्कुल र स्टेपिंगस्कुलबीच हुने छ ।
प्रतियोगिता उद्घाटन धनगढीका उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले उदघाटन गरेका थिए ।
















सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल–खावा सडक स्तरोन्नति थालियो
घर घरमै चिकित्सा सेवा पुर्याउँदै डा चेवन
बुटवल–नारायणगढ सडक अझै अवरुद्ध
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
प्रतिक्रिया