शुक्रबार, पुष १८, २०८२

पक्राउ परेका बलात्कार अभियुक्त भागे, मिलेमतोमा भगाएको आरोप

मेरोन्यूज २०७८ फागुन ३ गते ६:५९

काठमाडौँ । सेटिङ्गमा जुवा खेलाएको भन्दै यसअघि आलोचना व्यहोरेको महोत्तरीका प्रहरी अर्को घटनाका कारण चर्चामा रहेको छ । जबरजस्ती करणी गरि फरार रहेका अभियुक्त पक्राउ गरेको प्रहरीको घेराबाट भागेपछि आलोचना भइरहेको हो ।

पीडित पक्षले प्रहरीको मिलेमतोमा अभियुक्तलाई भगाइएको आरोप लगाएको छ । जबरजस्ती करणीका फरार अभियुक्त जितु मण्डललाई प्रहरीले भगाएको पीडित पक्षको आरोप छ ।

मण्डलविरुद्ध १० साउन २०७७ रातको ९ बजे जिल्लाको रामगोपालपुरकी एक महिलालाई जबरजस्ती करणी गरेको भन्दै पीडितपक्षले किटानी जाहेरी दिएका थिए । जिल्लाकै औरही नगरपालिका बस्ने २६ वर्षीय जितु मण्डलसहित सोही उमेरका खुस्रे मुखियाले जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा जाहेरी परेसँगै उनीहरु फरार भएका थिए ।

रातको ९ बजे सौच गर्न निस्किएकी महिलालाई दुई जनाले जबरजस्ती करणी गरेको प्रमाणहरु घटनास्थलबाट बरामद भए पनि प्रहरीले उनीहरुलाई पक्राउ गर्न सकेको थिएन । ‘हामी न्यायको लागि सयौँ पटक जिल्ला प्रहरी कार्यालय जलेश्वर पुग्यौ तर प्रहरीले खोजी हुँदै छ भन्दै टारे’ पीडित महिलाका देवरले गुनासो गरे ।

प्रतिक्रिया