महाअभियोगबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै
मेरोन्यूज
२०७८ फागुन ३ गते ७:३२

काठमाडौँ । सत्ताशीन नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ । दलकी सचेतक पुष्पा भुषालका अनुसार बैठक बिहान ९ बजे संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने भएको हो ।
आजको बैठकमा मुख्य एजेण्डा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध गत आइतबार दर्ता भएको महाभियोग प्रस्तावको समीक्षा र आगामी रणनीति रहेको छ । त्यसबाहेक पछिल्लो राजनीतिक घटना क्रमका विषयमा छलफल हुने उनले बताइन् ।
गत आइतबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका ९८ जना सांसदले जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका थिए । जबराविरुद्ध गलत समयमा महाअभियोग दर्ता भएको भन्दै प्रमुख प्रतिपक्षी एमालेले विरोध जनाउँदै आएको छ । एमाले संसदीय दलको बैठक सोमबार बसेको थियो ।
सम्बन्धित













गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
गोरखा-२ मा एमालेबाट चक्रे मिलनसहित पाँच जनाको नाम सिफारिस
फागुन २१ मा जसरी पनि निर्वाचन हुन्छः मन्त्री खरेल
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
प्रतिक्रिया