शनिबार, पुष १२, २०८२

मन्त्री आलेको चेतावनीसँगै क्यासिनोले तिरे साढे ७६ करोड बक्यौता

मेरोन्यूज २०७८ फागुन ३ गते ८:०६

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको चेतावनीसँगै रोयल्टी नतिर्ने क्यासिनोको बक्यौता रकम बुझाएको छ । उनले क्यासिनोको लाइसेन्स खारेज गर्ने चेतावनी दिएसँगै १७ वटा कम्पनीले बक्यौता रकम बुझाएको हो ।

पर्यटन विभागका अनुसार सोमबार सेन्ट्रल मिडिया प्रालिले पाँच करोडमध्ये चार करोड रुपैयाँ बक्यौता बुझाएको छ । योसँगै मन्त्री आलेको चेतावनीपछि कूल ७६ करोड ४५ लाख रुपैयाँ बक्यौता रकम उठेको हो ।

अब एक अर्ब ११ करोड ८४ लाख ४७ हजार उठ्न बाँकी रहेको विभागले जनाएको छ । मन्त्री आलेको निर्देशनपछि विभागले क्यासिनोको रोयल्टी नतिर्ने सञ्चालकको तीन पुस्ते विवरण सार्वजनिक गरेको थियो ।

मन्त्री आलेले क्यासिनो सञ्चालनको ८१ करोड रुपैयाँ रोयल्टी नबुझाई भारतमा लुकेर बसेका क्यासिनो किङ राकेश बाद्वालाई इन्टरपोल लगाएर नेपालमा ल्याई कानूनबमोजिम कारबाही गर्ने चेतावनी दिएको छ । उनले क्यासिनो सञ्चालकको जायजेथाबाट भए पनि बक्यौता असूलउपर गर्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया