मन्त्री आलेको चेतावनीसँगै क्यासिनोले तिरे साढे ७६ करोड बक्यौता

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको चेतावनीसँगै रोयल्टी नतिर्ने क्यासिनोको बक्यौता रकम बुझाएको छ । उनले क्यासिनोको लाइसेन्स खारेज गर्ने चेतावनी दिएसँगै १७ वटा कम्पनीले बक्यौता रकम बुझाएको हो ।
पर्यटन विभागका अनुसार सोमबार सेन्ट्रल मिडिया प्रालिले पाँच करोडमध्ये चार करोड रुपैयाँ बक्यौता बुझाएको छ । योसँगै मन्त्री आलेको चेतावनीपछि कूल ७६ करोड ४५ लाख रुपैयाँ बक्यौता रकम उठेको हो ।
अब एक अर्ब ११ करोड ८४ लाख ४७ हजार उठ्न बाँकी रहेको विभागले जनाएको छ । मन्त्री आलेको निर्देशनपछि विभागले क्यासिनोको रोयल्टी नतिर्ने सञ्चालकको तीन पुस्ते विवरण सार्वजनिक गरेको थियो ।
मन्त्री आलेले क्यासिनो सञ्चालनको ८१ करोड रुपैयाँ रोयल्टी नबुझाई भारतमा लुकेर बसेका क्यासिनो किङ राकेश बाद्वालाई इन्टरपोल लगाएर नेपालमा ल्याई कानूनबमोजिम कारबाही गर्ने चेतावनी दिएको छ । उनले क्यासिनो सञ्चालकको जायजेथाबाट भए पनि बक्यौता असूलउपर गर्ने बताउँदै आएका छन् ।
















६ जिल्लामा श्रम संस्कृति पार्टीकाे अग्रता
कुलमानलाई पराजित गर्दै काठमाडौँ–३ बाट रास्वपाका पाण्डे विजयी
कतारी नौसेना बहराइनमा सुरक्षित
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
कतारमा संदिग्ध १० इरानी जासुस पक्राउ
इरानी आक्रमणमा मारिएका चार अमेरिकी सैनिकको पहिचान सार्वजनिक
मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’
शंकास्पद वस्तुसहित पर्सा क्षेत्र नं. २ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ
प्रतिक्रिया