हिमालयन जनरल इन्स्योरेन्सको सीइओमा शाह नियुक्त
मेरोन्यूज
२०७८ फागुन ३ गते ११:४३

काठमाडौँ । निर्जीवन बीमा कम्पनी हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले विजय बहादुर शाहलाई नयाँँ प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त गरेको छ । उनले गत १ गतेदेखि कार्यभार सम्हालेका हुन् ।
‘यस संस्थाको गरिमामय पदको जिम्मेवारी सम्हाल्न पाउँदा हर्षित र गौरवान्वित छु, वास्तवमा भन्नुपर्दा हिमालयन जनरल इन्स्योरेन्सले प्रदान गर्दै आएको निर्जीवन बीमा सेवाले बीमा क्षेत्रलाई नै अनुशासित र मर्यादित बनाउँदै आएको छ,’ उनले भने, ‘कम्पनीले आफ्नै एउटा गरिमामय परिचयसहित इतिहास बनाएको छ, मेरो नेतृत्वमा सम्पूर्ण टिमलाई एकत्रित र उत्साहित रुपमा अगाडि बढाउने मैले प्रण गरेको छु ।’
यसअघिका सिइओ सुशील बज्राचार्यले आफ्नो कार्यकालमा कम्पनीले निर्जीवन बीमाका ग्राहकलाई पारदर्शी सेवा प्रदान गर्दै आएको थियो ।
सम्बन्धित

















पर्सा – २ मा रास्वपाका कानु विजयी
नुवाकोट–२ मा रास्वपाका अच्युतम लामिछाने विजयी
धनकुटामा एमालेको अग्रता, पछ्याउदै श्रम संस्कृति
डोटीमा कांग्रेसका भरत खड्का निर्वाचित
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
राष्ट्रिय सुरक्षा परिषदको बैठक जारी
प्रतिक्रिया