शुक्रबार, पुष ११, २०८२

हिमालयन जनरल इन्स्योरेन्सको सीइओमा शाह नियुक्त

मेरोन्यूज २०७८ फागुन ३ गते ११:४३

काठमाडौँ । निर्जीवन बीमा कम्पनी हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले विजय बहादुर शाहलाई नयाँँ प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त गरेको छ । उनले गत १ गतेदेखि कार्यभार सम्हालेका हुन् ।

‘यस संस्थाको गरिमामय पदको जिम्मेवारी सम्हाल्न पाउँदा हर्षित र गौरवान्वित छु, वास्तवमा भन्नुपर्दा हिमालयन जनरल इन्स्योरेन्सले प्रदान गर्दै आएको निर्जीवन बीमा सेवाले बीमा क्षेत्रलाई नै अनुशासित र मर्यादित बनाउँदै आएको छ,’ उनले भने, ‘कम्पनीले आफ्नै एउटा गरिमामय परिचयसहित इतिहास बनाएको छ, मेरो नेतृत्वमा सम्पूर्ण टिमलाई एकत्रित र उत्साहित रुपमा अगाडि बढाउने मैले प्रण गरेको छु ।’

यसअघिका सिइओ सुशील बज्राचार्यले आफ्नो कार्यकालमा कम्पनीले निर्जीवन बीमाका ग्राहकलाई पारदर्शी सेवा प्रदान गर्दै आएको थियो ।

प्रतिक्रिया