एमसीसी अगाडि बढाउन सभामुखलाई भनिसकेको छु : प्रधानमन्त्री
संसदीय दलको बैठकबाटै सभामुखलाई प्रधानमन्त्रीको फोन - कार्यब्यवस्था समितिको बैठक बोलाउनुस्

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन कम्प्याक्ट (एमसीसी)सँगको अनुदान सम्झौता संसद्मा अव टेबल हुने बताएका छन् । त्यसवारेमा आफुले सभामुख अग्नीप्रसाद सापकोटासँग कुराकानी गरिसकेको पनि प्रधानमन्त्रीले बताएका छन् ।
पार्टी संसदीय दलमा सम्वोधन गदै प्रधानमन्त्रीले अव यस विषयमा नाफाघाटा नहेरी कांग्रेसले एमसीसी सम्झौता अनुमोदनका लागि काम गर्नुपर्ने बताए । उनले कम्युनिष्टहरुले यस विषयमा खाली दोहोरो चरित्र देखाएका कारण मात्र अहिलेसम्म अल्झिरहेको र अव अल्झाएर राख्न नसक्ने धारणा राखेका थिए ।
‘हामी एमसीसी सम्झौता संसद्बाट अनुमोदन गराउने पक्षमा छौँ, मैले एमसीसी टेबल गर्न सभामुखलाई भनिसकेको छु,’ प्रधानमन्त्रीको भनाई उदधृत गदै कांग्रेसका एक सांसदले भने, – ‘अव एमसीसीमा अल्झिएर बस्नु हुदैन । सरकारले अव संसदमा टेवुल गर्न ल्याउँछ । सभामुखलाई पनि मैले यस बारेमा कुराकानी गरिसकेको छु । अव यसलाई कसरी हुन्छ पारित गरेर जाने तिर कांग्रेसले भूमिका खेल्नुपर्छ ।’
प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाको बुधबारको बैठकमै एमसीसी टेबल हुन सक्ने संकेत पनि गरे । बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसीसी संसद्बाट अनुमोदन गर्ने कुरामा सबै दलको सहयोग प्राप्त हुने विश्वाससमेत व्यक्त गरे । देउवाले बैठक चलिरहेकै बेला सभामुख सापकोटालाई फोन गरेर कार्यव्यवस्था समितिको बैठक बोलाउन समेत भनेका थिए ।
बैठकपछि कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्री देउवाले एमसीसी सम्झौता संसद्मा टेबल गर्ने सन्दर्भमा एमालेले षड्यन्त्र भइरहेको भन्नुमा प्रश्न उठाएको बताए । ‘हामीले जुन एमसीसी सम्झौता संसद्मा टेबल गर्ने भनिरहेका छौँ, यो एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले २०७६ असार ३० गते नै संसद्मा दर्ता गराएको हो, त्यसबेला ओली सरकारले संसद्मा अघि बढाउन नसकेको विधेयकलाई यो सरकारले अघि बढाउँदा कसरी षड्यन्त्र हुन्छ ?,’ एमसीसीबारे एमाले सचेतक विशाल भट्टराईको अभिव्यक्तिबारे देउवाले बैठकको बोलेको उदृत गर्दै थापाले भने, ‘यो विषयले त एमाले खुसी हुनुपर्ने हो ।’













माघ शुक्ल प्रतिपदा : आज हर्षोल्लासपूर्वक मनाइँदै सोनाम ल्होसार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
माघ ५ गते साेमबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
काठमाडौँ उपत्यकाका नदी किनारको दायाँबायाँ २० मिटर छाड्न नपर्ने
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
प्रतिक्रिया