हयात होटलबाट युरेनियम सहित ८ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीको विशेष ब्यूरोले राजधानिस्थित हायात होटलको पार्किङस्थलबाट युरेनियमजस्तो देखिने पदार्थसहित आठ जनालाई पक्राउ गरेको छ ।
प्रहरीको विशेष ब्युरो र महानगरीय प्रहरी वृत्त बौद्धको संयुक्त टोलीले युरेनियमजस्तो देखिने पदार्थसहित हायात होटलको पार्किङ क्षेत्रबाट ८ जनालाई पक्राउ गरेको हो ।
प्रहरीले सिराहा लक्ष्मिपुर पतरी गाउँपालिका घरभई हाल ठमेल बस्ने गोपिलाल दास, सिन्धुपाल्चोक हेलम्भु घरभई हाल बौद्ध माहाँकाल बस्ने रामकृष्ण लामिछाने, कपनका भुपेन्द्र खडका, ललितपुरका नवराज महत, सिरहाकै बरियापट्टी घरभई ठमेल बस्ने जिवछ नारायण यादब र महोत्तरी भई गोकर्णेश्वरको शिबचोक बस्ने सुरेन्द्र प्रसाद चौधरीलाई नियन्त्रणमा लिएको छ ।
सोमबार साँझ साढे पाँच बजे उनीहरूको साथबाट दुई किलो ८ सय ग्राम युरेनियमजस्तो देखिने पदार्थ बरामद भएको बौद्ध प्रहरीका एक अधिकारीले जानकारी दिए ।
युरेनियमजस्तो देखिने पदार्थसहित उनीहरूलाई नियन्त्रणमा लिएको ति प्रहरी अधिकारीले मेरोन्यूजलाई जानकारी दिए । उनले भने,‘विशेष ब्यूरो र बौद्ध वृत्तको संयूक्त टोलीले हिजो (सोमबार) साझ ८ जनालाई पक्राउ गरेको हो । उनिहरुलाई आज (मंगलबार) जिल्ला अदालत काठमाडौं लगिएको छ ।’
बरामद भएको युरेनियम जस्तो पदार्थ परीक्षणका लागि ल्याबमा पठाउने तयारी भइरहेको छ।
घटनाबारे प्रहरीले आधिकारिक रूपमा जानकारी भने दिएको छैन ।
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संसदका दुवै सदनको अधिवेशन आह्वान
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
प्रतिक्रिया