सभामुखको सम्भावित कार्यसूचीमा एमसीसी गायब
कार्य ब्यवस्था परामर्श समितिको बैठक आह्वान

काठमाडौं । प्रतिनिधिसभाको बुधबारका लागि तय भएको बैठकमा सरकारका तर्फबाट अमेरिकी सहयोग परियोजना एमसीसी प्रस्ताव पेश गर्न लागिए पनि सभामुखको कार्यसूचीमा परेको छैन ।
संघीय संसद सचिवालयले मंगलबार टाँसेको बुधबार बस्ने संसद बैठकको सम्भावित कार्यसूचीमा संविधानसभा र राष्ट्रियसभा सदस्यको निधनमा शोक प्रस्ताव मात्रै समावेश गरिएको छ ।
संघीय संसदको महासचिव डा. भरतराज गौतमले दिएको बुधबार १ बजेका लागि तय गरिएको संसदको बैठकमा तीन वटा शोक प्रस्तावको सम्भावित कार्यसूची उल्लेख गरेका छन् ।
कांग्रेस संसदीय दलको आजको बैठकले एमसीसी पेश गर्ने निर्णय गरिसकेको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले बुधबार दिउँसो १ बजेको संसद बैठकअघि विहान ११ः ३० बजेका लागि प्रतिनिधिसभा कार्य ब्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । नयाँ बानेश्वरस्थित संसद भवनको शंकर हलमा परामर्श समितिको बैठक बस्नेछ । कार्यब्यवस्था परामर्श समितिको बैठकले एमसीसीबारे तय गर्न सक्ने बताइएको छ ।
यसैबीच संसदको नवौं अधिवेशनदेखि नै संसद वैठक अवरुद्ध गर्दै आएको नेकपा एमालेले भोलिको प्रतिनिधिसभा बैठकमा सहभागी हुन आफ्ना सबै सांसदलाई आह्वान गरिसकेको छ ।










हर्मितको अर्धशतकमा सुदूरपश्चिमले काठमान्डुलाई दियाे १४८ रनको लक्ष्य
सिमरामा भएको घटना संवेदनशील : रास्वपा
एमसीसी नेपाल कम्प्याक्टका लागि अतिरिक्त ५० मिलियन अमेरिकी डलर सहयोग सुनिश्चित
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
प्रतिक्रिया