सभामुखको सम्भावित कार्यसूचीमा एमसीसी गायब
कार्य ब्यवस्था परामर्श समितिको बैठक आह्वान

काठमाडौं । प्रतिनिधिसभाको बुधबारका लागि तय भएको बैठकमा सरकारका तर्फबाट अमेरिकी सहयोग परियोजना एमसीसी प्रस्ताव पेश गर्न लागिए पनि सभामुखको कार्यसूचीमा परेको छैन ।
संघीय संसद सचिवालयले मंगलबार टाँसेको बुधबार बस्ने संसद बैठकको सम्भावित कार्यसूचीमा संविधानसभा र राष्ट्रियसभा सदस्यको निधनमा शोक प्रस्ताव मात्रै समावेश गरिएको छ ।
संघीय संसदको महासचिव डा. भरतराज गौतमले दिएको बुधबार १ बजेका लागि तय गरिएको संसदको बैठकमा तीन वटा शोक प्रस्तावको सम्भावित कार्यसूची उल्लेख गरेका छन् ।
कांग्रेस संसदीय दलको आजको बैठकले एमसीसी पेश गर्ने निर्णय गरिसकेको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले बुधबार दिउँसो १ बजेको संसद बैठकअघि विहान ११ः ३० बजेका लागि प्रतिनिधिसभा कार्य ब्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । नयाँ बानेश्वरस्थित संसद भवनको शंकर हलमा परामर्श समितिको बैठक बस्नेछ । कार्यब्यवस्था परामर्श समितिको बैठकले एमसीसीबारे तय गर्न सक्ने बताइएको छ ।
यसैबीच संसदको नवौं अधिवेशनदेखि नै संसद वैठक अवरुद्ध गर्दै आएको नेकपा एमालेले भोलिको प्रतिनिधिसभा बैठकमा सहभागी हुन आफ्ना सबै सांसदलाई आह्वान गरिसकेको छ ।

















एथर रिज्टा एस नेपालमा सार्वजनिक, कति छ मूल्य ?
क्यूआर स्क्यानमा लाखौँका प्राइज
महालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी क्यालेन्डर २०८३’को डिजिटल संस्करण सार्वजानिक
नेपाल पत्रकार महासङ्घको स्थापना दिवसमा ५२ जनाले गरे रक्तदान
शासकीय सुधार कार्यसूची : प्रमुख खाद्यान्न बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
प्रतिक्रिया