महाकालीमा भारतले बनाइरहेको तटबन्धको निर्माण कार्य रोक्न विप्लवको ध्यानाकर्षण

दार्चुला । दार्चुला सदरमुकाम खलंगाको पारी पट्टी महाकाली नदीको बहाव परिवर्तन हुने गरी भारतले निर्माण गरिरहेको तटबन्धको निर्माण रोक्न नेपाल कम्युनिस्ट पार्टी विप्लवले दार्चुला प्रशासनको ध्यानाकर्षण गराएको छ ।
पार्टीका जिल्ला सचिव भरत मल्लले दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायलाई ध्यानाकर्षण पत्र बुझाउँदै नदीको बहाव परिवर्तन हुने गरी भारतले निर्माण गरिरहेको तटबन्धको काम रोक्न अनुरोध गरेका छन् ।
पुरानो तटबन्ध संरचना भन्दा लगभग ८ मिटर वर भारतले नयाँ तटबन्ध बनाइरहेको छ । सीमा सम्बन्धी दुई देश बिचको सन्धि र सम्झौता तोड्दै भारतले सीमा नामा हैकम जमाउँदै अमानवीय घटना घटाइरहेको तथा अन्तर्राष्ट्रिय कानुनको समेत खिल्ली उडाइरहेको नेकपा विप्लवको आरोप छ ।
सचिव मल्लले भने, ‘भारतीय क्रियाकलापले हाम्रो मातृभूमि आक्रान्त बनेको छ, प्रत्येक राष्ट्रभक्त नेपालीलाई पिरोलीरहेको छ । भारतले हाम्रो सिमानामा हस्तक्षेप गरिरहेको टुलुटुलु हेरिरहने कि केही संघर्ष गर्ने ।’
राष्ट्रिय, सार्वभौमिकता तथा सीमानाको समस्या जिल्ला प्रशासन कार्यालयमार्फत सम्बन्धित निकायमा पुगोस् भनेर ध्यानाकर्षण पत्र बुझाएको उनले बताए ।
दार्चुला सदरमुकामको पारि पट्टी भारतले निर्माण गरिरहेको तटबन्धको विषय गृह मन्त्रालयलाई जानकारी गराइएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए । यस विषयमा भारतको पिथौरागढ जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराउँदै पत्राचार गरिएको भए पनि जवाफ नआएको उनले बताए ।
केही हप्ताअघि भएको नेपाल भारत भर्चुअल सीमा बैठकमा महाकालीमा भारतले निर्माण गरिरहेको तटबन्धको विषयमा कुरा उठाएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए ।
नदीको बहाव परिवर्तन हुने गरी तटबन्ध नबनाउने र विधान सभा चुनावपछि निर्माणको क्षेत्रको अवलोकन गरी नेपाललाई जवाफ दिने पिथौरागढ जिल्ला अधिकारीले सीमा बैठकमा भनेको उनले जानकारी दिए ।
भारतले धार्चुलामा निर्माण गरेको एकतर्फी तटबन्धका कारण २०७० सालमा आएको बाढीले दार्चुला सदरमुकाम लगायत अन्य क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो ।
















संयुक्त राष्ट्रसङ्घ मध्यपूर्वमा तनाव कम गर्ने प्रयासको समर्थन गर्न तयार : महासचिव गुटेरेस
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
नेपालगञ्जमा इद उल फित्र मनाइयो
कर्णाली प्रदेशमा ट्राफिक कारबाहीबाट १३ लाख राजस्व सङ्कलन
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
प्रतिक्रिया